रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता « Khabarhub

रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको दाबी गर्दै सर्वोच्च अदालतमा बुधबार रिट दर्ता भएको छ । 

अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई कायम नरहेको नागरिकताको प्रतिलिपिबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाले लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको दाबी गर्दै युवराज पौडेल सफलले दिएको रिट बुधबार दर्ता भएको हो । 

यसअघि सफल दिएको रिट निवेदन दरपिठ गर्ने आफ्नै प्रशासनको निर्णय बदर गर्दै मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले रविविरुद्धको रिट दर्ता प्रक्रिया गरी अघि बढाउन आदेश दिएको थियो । उक्त आदेश पछि बुधबार रिट दर्ता भएको हो । सो रिटमाथिको सुनुवाइका लागि १७ जेठलाई पेसी तोकिएको छ ।

अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरी कायम नरहेको नागरिकताको प्रतिलिपि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएर निर्वाचित भएको प्रतिनिधिसभा सदस्य बन्न लामिछाने अयोग्य रहेकाले बदरको माग रिट निवेदनमा गरिएको छ ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ५ : ०६ बजे

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४