सरकारले लोककल्याणकारी विज्ञापन नरोक्ने « Khabarhub

सरकारले लोककल्याणकारी विज्ञापन नरोक्ने


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले लोककल्याणकारी विज्ञापन नरोकिने स्पष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सञ्चारविज्ञ नरेन्द्र केसीका अनुसार लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति नरहेको र नरोकिने प्रतिबद्धता यसअघि नै मन्त्री शर्माले स्पष्ट पारिसेकी छिन् ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले यही जेठ ९ गते बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले विज्ञापन नरोक्ने र नरोकिने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

चालु आर्थिक वर्षको विनियोजन भएको बजेट अपुग भए थप रकमको प्रबन्ध गरिने मन्त्री शर्माले प्रतिबद्धता व्यक्त गरेकी छिन् । आगामी दिनमा लोककल्याण्कारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने मन्त्री शर्माले स्पष्ट गरिसकेको सञ्चारविज्ञ केसीले जानकारी दिए ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ५ : ३० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार