तथ्य र प्रमाणका आधारमा न्याय दिनुपर्छ : कामु प्रधानन्यायाधीश कार्की | Khabarhub Khabarhub

तथ्य र प्रमाणका आधारमा न्याय दिनुपर्छ : कामु प्रधानन्यायाधीश कार्की


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायका उपभोक्तालाई तथ्य र प्रमाणका आधारमा न्याय दिनुपर्ने बताएका छन् ।

‘न्याय स् अवधारणा एक परिप्रेक्ष्य अनेक’ पुस्तकको आज सार्वजनिक गर्दै उनले तथ्य र प्रमाणका आधारमा नै न्याय दिनुपर्ने बताए । पुस्तक निकै पठनीय र सङ्ग्रहणीय भएको उल्लेख गर्दै उनले सबैलाई उपयोगी हुने उक्त पुस्तक पढ्न आग्रहसमेत गरे ।

“पूर्वीय दर्शनबारे हामीलाई नै थाहा छैन, पश्चिमाले पूर्वीय दर्शनकै विषयमा लेखेका पुस्तक किन्छौँ”, कामु प्रन्या कार्कीले भने, “न्यायको पूर्वीय दर्शनको हामीले नै सोध गर्नु जरुरी छ ।”

महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले तर्क र प्रमाणबाट न्याय कसरी दिलाउन सकिन्छ भनेर पुस्तकमा स्पष्ट लेखिएको बताए । उनले पूर्वीय दशर्नमा न्याय भनेको अनुभूति भएको बताए ।

पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता डा युवराज सङ्ग्रौलाले समाज र न्यायको उत्थान गर्ने हो भने अनुसन्धान गर्नुपर्ने र पश्चिमी प्रयोग छाड्पर्ने बताए । वरिष्ठ अधिवक्ता लक्ष्मीप्रसाद मैनालीले न्याय दर्शनको विषयमा लेखिएको पुस्तक अत्यन्तै कम भएको र यो पुस्तक न्याय क्षेत्रकै लागि उपयोगी भएको बताए ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पुस्तक न्यायको विकास कसरी सुरुआत भयो भन्ने कुरा उल्लेख भएको र दशर्नमा आधारित पुस्तक भएकाले महत्वपूर्ण रहेको बताए ।

पुस्तकका लेखक अधिवक्ता रवीन्द्र भट्टराईले पुस्तक बुद्ध दर्शनबाट प्रभावित भएर लेखिएको र सबैले पढ्दा राम्रो हुने विश्वास व्यक्त गरे । पुस्तकमा पौरस्त्य न्याय प्रणालीलाई एउटा मौलिक प्रणालीका रूपमा शोधमूलक गर्ने प्रयास भएको जनाइएको छ ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ६ : ०६ बजे

‘बाहिनीपति कप–२०८१’को उपाधि इलामलाई

सुनसरी – बाहिनीपति कप–२०८१ को उपाधि सशस्त्र प्रहरीबल नेपाल नं

गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन

गोरखा – पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन

बाटो खन्नेक्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु

गोरखा – बाटो खन्ने क्रममा ढुङ्गा खसेर यहाँको अजिरकोट गाउँपालिका–१,

अखिलबाट बिदा भएका विद्यार्थी नेताहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?

काठमाडौं – नेकपा माओवादी केन्द्रले विद्यार्थी राजनीतिबाट बिदा भएका नेताहरूको

फाइनल गुमाउँदा स्तब्ध नेपाल (तस्बिरहरु)

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमले अर्को फाइनलमा हार