वाणिज्यदूतको टोलीद्वारा परराष्ट्रमन्त्री साउदसँग शिष्टाचार भेटवार्ता « Khabarhub

वाणिज्यदूतको टोलीद्वारा परराष्ट्रमन्त्री साउदसँग शिष्टाचार भेटवार्ता


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालस्थित महावाणिज्यदूत तथा वाणिज्यदूतको टोलीले आज परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेको छ ।

बुधबार परराष्ट्र मन्त्रालयमा अनररी कन्सुलर अफ नेपालका डिन दिनेश श्रेष्ठको नेतृत्वमा गएको महावाणिज्यदूत तथा वाणिज्यदूतको टोलीले मन्त्री साउदसँग भेटवार्ता गरेको हो ।

भेटवार्ताका अवसरमा मन्त्री साउदले नेपालस्थित महावाणिज्यदूत तथा वाणिज्यदूतहरुले खेलेको भूमिकाको प्रसंशा गरे ।

उनले जिम्मेवारीपूर्वक द्विपक्षीय सम्बन्धको विकास र विदेशी नागरिक समस्यामा पर्दा गर्ने कार्य सहजताका लागि दूतहरुबाट सहयोग हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा दूतहरुको टोलीले मन्त्री साउदको सफल कार्यकालका लागि बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ६ : २७ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका