अफ्रिकी देशमा खाद्य कार्यक्रमका लागि एकासी करोड डलर आवश्यक : डब्ल्युएफपी « Khabarhub

अफ्रिकी देशमा खाद्य कार्यक्रमका लागि एकासी करोड डलर आवश्यक : डब्ल्युएफपी


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नैरोबी- अफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्यामा खाद्य कार्यक्रम सञ्चालनका निम्ति एकासी करोड अमेरिकी डलर आवश्यक भएको राष्ट्रसङ्घीय खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले बताएको छ ।

भोकमरीको चपेटमा परेका ती देशका नागरिकलाई आगामी छ महिनासम्म मानवीय सहायता उपलब्ध गराउन उक्त रकम आवश्यक भएको पूर्वी अफ्रिकाका लागि डब्ल्युएफपीका क्षेत्रीय निर्देशक माइकल डनफोर्डले बताएका छन् ।

अघिल्ला तीन वर्षमा लगातार परेको खडेरीका कारण ती मुलुकका समुदायले ठूलो हैरानी बेहुर्नुपरेको, गाईवस्तुको ज्यान गएको, अन्नबाली उत्पादन शून्यप्रायः भएको र त्यसले जीविकोपार्जनमा कष्टमात्र थपेको उल्लेख गर्दै उनले सुडान द्वन्द्वबाट भागेर आएकाहरूको समेत व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको बताएका छन् ।

केन्याको राजधानी नैरोबीमा आज एक विज्ञप्ति जारी गर्दै क्षेत्रीय निर्देशक डनफोर्डले गत वर्षको अन्त्य सम्ममा डब्ल्युएफपीले ४७ लाख जनसङ्ख्यालाई खाद्यान्न सहायता वितरण गरेकामा यो वर्ष पर्याप्त रकमको अभाव आफ्नो सेवा ३० लाख मानिसमा सीमित रहेको बताएका छन् । तत्काल अतिरिक्त कोष आवश्यक परेको उल्लेख गर्दै उनले आगामी जुलाई सम्ममा रकम प्राप्त नभएमा सहायता कटौतीको विकल्प नरहने बताएका छन् । अन्तर्राष्ट्रिय समुदायबाट सहायता राशी प्राप्त नभएमा तीस लाख सोमाली खाद्यान्न सहायताबाट बञ्चित हुने विज्ञप्तिमा उनले उल्लेख गरेका छन् ।

तीन वर्ष लामो खडेरीले इथियोपिया, केन्या र सोमालियका दुई करोड ३० लाखभन्दा बढी मानिस भोकमरीको चपेटामा परेका तथा अचानकको वर्षासँगै आएको बाढीले दुई लाख १९ हजारभन्दा बढी जनसङ्ख्या विस्थापित भएको थियो ।

यसअघि राष्ट्रसङ्घीय बाल कोषले सोमिलिया, इथियोपिया र केन्याका पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको शिकार भएका जनाएको थियो । कोषले पाँच वर्षमुनिका ७० लाखभन्दा बढी बालबालिका कुपोषणको शिकार भएका बताउँदै तत्काल पोषण सहायता उपलव्ध नभए थप १९ लाख बालबालिका कुपोषणको जोखिममा पर्ने चेतावनी दिएको थियो ।

कोषका अनुसार सोमिलिया, इथियोपिया र केन्याका दुई करोड ३० लाख जनता खाद्य असुरक्षाको सामना गरिरहेका छन् । कुपोषणबाट गम्भीर रूपमा पीडित बालबालिका गत वर्षको तुलनामा निकै बढी रहेको तथा केही समयसम्म यो अझ उच्च रहने सम्भावना छ ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ७ : ४८ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात