लिबियाका आप्रवासी बन्दीगृहहरु बन्द गर्न युनएचसिआरको आग्रह « Khabarhub

लिबियाका आप्रवासी बन्दीगृहहरु बन्द गर्न युनएचसिआरको आग्रह


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिपोली– शरणार्थी सम्बन्धी संयुक्तराष्ट्र संघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) ले अवैध आप्रवासीलाई नजरबन्द गर्न लिबियामा खोलिएका बन्दी गृहहरु बन्द गर्न आग्रह गरेको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै युएनएचसिआरले २०० जना आप्रवासीलाई तजौरामा नजरबन्द गर्न लागिएको भन्दै लिबियामा असुरक्षाका कारण यी सबै बन्दी गृह बन्द गर्न आह्वान गरेको हो ।

जुलाईमा लिबियाको राजधानी त्रिपोलीको पूर्वी भेगमा स्थापित यस्तै बन्दीगृहमा भएको क्षेप्यास्त्र आक्रमणमा ५० जनाभन्दा बढी आप्रवासी मारिनुका साथै अरु सयौं घाइते भएका थिए । उक्त आक्रमणप्रति पूर्वी क्षेत्रमा सक्रिय विद्रोही पक्ष र राष्ट्रसंघ समर्थित सरकारले एकअर्कामाथि दोषारोपण गरिरहेका छन् ।

विद्रोही समूहले त्रिपोलीलाई नियन्त्रणमा लिन गत अप्रिलदेखि नै सरकारी फौजसँग सशस्त्र भिडन्त गरिरहेको छ । यसक्रममा एक हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ भने एक लाखभन्दा बढी मानिस अन्यत्र पलायन भएका छन् ।

सन् २०११ मा तत्कालीन शासक मोउमार गद्दाफीको शासन पतन भएसँगै लिबियामा हिंसात्मक घटनाहरु बढ्नुका साथै राजनीतिक अस्थिरता चरम अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  १२ : ५० बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको