लिबियाका आप्रवासी बन्दीगृहहरु बन्द गर्न युनएचसिआरको आग्रह | Khabarhub Khabarhub

लिबियाका आप्रवासी बन्दीगृहहरु बन्द गर्न युनएचसिआरको आग्रह


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिपोली– शरणार्थी सम्बन्धी संयुक्तराष्ट्र संघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) ले अवैध आप्रवासीलाई नजरबन्द गर्न लिबियामा खोलिएका बन्दी गृहहरु बन्द गर्न आग्रह गरेको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै युएनएचसिआरले २०० जना आप्रवासीलाई तजौरामा नजरबन्द गर्न लागिएको भन्दै लिबियामा असुरक्षाका कारण यी सबै बन्दी गृह बन्द गर्न आह्वान गरेको हो ।

जुलाईमा लिबियाको राजधानी त्रिपोलीको पूर्वी भेगमा स्थापित यस्तै बन्दीगृहमा भएको क्षेप्यास्त्र आक्रमणमा ५० जनाभन्दा बढी आप्रवासी मारिनुका साथै अरु सयौं घाइते भएका थिए । उक्त आक्रमणप्रति पूर्वी क्षेत्रमा सक्रिय विद्रोही पक्ष र राष्ट्रसंघ समर्थित सरकारले एकअर्कामाथि दोषारोपण गरिरहेका छन् ।

विद्रोही समूहले त्रिपोलीलाई नियन्त्रणमा लिन गत अप्रिलदेखि नै सरकारी फौजसँग सशस्त्र भिडन्त गरिरहेको छ । यसक्रममा एक हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ भने एक लाखभन्दा बढी मानिस अन्यत्र पलायन भएका छन् ।

सन् २०११ मा तत्कालीन शासक मोउमार गद्दाफीको शासन पतन भएसँगै लिबियामा हिंसात्मक घटनाहरु बढ्नुका साथै राजनीतिक अस्थिरता चरम अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  १२ : ५० बजे

नेपालमा एमसीसी परियोजना जारी रहने

काठमाडौं– संयुक्त राज्य अमेरिकाले ९० दिनको वैदेशिक सहायता रोक्ने निर्णयलाई

दर्शकसँग चिनाउने निर्देशकसँग १० वर्षपछि दोस्रो सहकार्य गर्दै प्रदीप

काठमाडौं – नायक प्रदीप खड्का र निर्देशक सुदर्शन थापाले फेरि

३० दिने सिप मेला टुँडिखेलमा जारी, स्वरोजगारतर्फ महानगरको ठोस पहल (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाद्वारा टुँडिखेलमा आयोजित सिप मेला-२०८२ को ३० दिने

ट्रम्पलाई खामेनीको जवाफ- इरानी आत्मसमर्पण गर्नेमा पर्दैनन् 

काठमाडौं– इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ