भारतका लागि नेपाली राजदूत शर्मा र भारतीय विदेशमन्त्रीबीच भेट   « Khabarhub

भारतका लागि नेपाली राजदूत शर्मा र भारतीय विदेशमन्त्रीबीच भेट  


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण जाने भनिएका बेला भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले दिल्लीमा कूटनीतिक भेटघाट थालेका छन् ।

यही १७ जेठबाट प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने भनिएका बेला बिहीबार राजदूत शर्माले भारतीय विदेशमन्त्री डा. एस एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।  बिहीबार बिहान राजदूत शर्मा र आफूबीच भेटवार्ता भएको विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् । 

भेटवार्ताको तस्बिरसहित उनले आफूहरूबीच दुई देशबीचको  गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भएको र आगामी दिनमा यसलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाइएको जानकारी दिएका छन् । 

१७ जेठबाट प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्ने भनिए पनि यसको औपचारिक रुपमा मिति सार्वजनिक गरिएको छैन । 

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  २ : ५८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना