सहिद स्मारक ए डिभिजन लिग : मनाङ मर्स्याङ्दी र चर्च ब्वाइजको बराबरी  « Khabarhub

सहिद स्मारक ए डिभिजन लिग : मनाङ मर्स्याङ्दी र चर्च ब्वाइजको बराबरी 


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाइटेड क्लबले बराबरी खेलेका छन् । 

बिहीबार ललितपुरस्थित च्यासल मैदानमा मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा मनाङ र चर्च ब्वाइजले गोलरहित बराबरी खेलेका हुन् । खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसकेपछि कुनै गोल हुन सकेन । बराबरीसँगै चर्च ब्वाइजले २१ खेलमा ३८ अंक जोड्दै शीर्ष स्थानमा कायमै छ भने समान खेल खेलेको मनाङको २५ अंक रहेको छ ।

त्यस्तै बिहीबार नै एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा फ्रेन्ड्सले सातदोबाटो युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको छ । फ्रेन्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे भने राफिक अमिनु र प्रकाश बुढाथोकी एक एक गोल गरे ।

 जितसंगै फ्रेन्ड्सले २१ खेलमा २४ अंक जोडेको छ । सातदोबाटोको २१ खेलमा २९ अंक रहेको छ । 

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ७ : ०५ बजे

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय