‘युवा वैज्ञानिक प्रोत्साहन कोषका लागि ऐन बनाउँछौँ’ « Khabarhub

‘युवा वैज्ञानिक प्रोत्साहन कोषका लागि ऐन बनाउँछौँ’


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मनहरि– बागमती प्रदेश सरकारले युवा वैज्ञानिक प्रोत्साहन कोष सञ्चालनका लागि ऐन बनाउने भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कोष अहिले कार्यविधिमा रहेर सञ्चालन भइरहेको भन्दै अब ऐन निर्माण गरी सञ्चालन गरिने बताए । 

आज कोषद्वारा सञ्चालित पाँच आयोजनाको उपलब्धि सार्वजनिक कार्यक्रममा उनले ऐन निर्माण गरी आगामी दिनमा पनि नयाँ प्रविधि प्रयोग गर्न युवा वैज्ञानिक कोषलाई अघि बढाइने बताए । नयाँ प्रविधि, अनुसन्धानलाई प्रयोग गर्नेतर्फ सरकार तत्पर रहेको उल्लेख गर्दै मुख्यमन्त्री जम्कट्टेलले अनुसन्धानपश्चात नवजीवनमा प्रयोग भएन भने अनुसन्धानको औचित्य नरहने बताए । कोष सञ्चालन गर्न ऐन तयार भएपछि हाम्रो अधिकारभित्र रहेर प्रदेश सरकार यी कार्यहरू गर्न समक्ष रहने उनको भनाइ थियो । 

कोषमा रहेर पाँच आयोजना सञ्चालन गरिएको थियो । तीमध्ये दुई सम्पन्न भएको र तीन वटा सम्पन्नको तयारीमा छन् । सम्पन्न भएका आयोजनामा सफारी गाडीको विद्युतीय रुपान्तरण आयोजना र डेन्टलप्लेटसम्बन्धी आयोजना रहेको कोषका अध्यक्ष एवं सामाजिक विकासमन्त्री कुमारी मोक्तानले जानकारी दिए । 

अन्य तीन वटा आयोजनामा च्याउ (खरानीररातो) को विकास, फिस प्रोवायोटिक आयोजना र मेडिकल प्लान्टअन्तर्गत जडीबुटीबाट फाइटो केमिकलबारेको अनुसन्धान आयोजना रहेका छन् ।  विद्युतीय गाडी निर्माण गर्ने आयोजना प्रमुख इन्जिनियर वसन्त आलेले अन्य गाडीको तुलानामा विद्युतीय गाडी १० गुणा राम्रो रहेको बताउँदै पुराना गाडीको सदुपयोग गर्न आवश्यक कानूनी व्यवधान खुला गर्न सरकारलाई आग्रह गर्नुभयो । मेडिकल प्लान्ट आयोजनाका प्रमुख भुवन गुरुङले बिरुवा÷जडीबुटीमा भएको केमिकल बनाउन सकिने बताए । 

कार्यक्रम डेन्टलप्लेट आयोजनाका प्रमुख डा प्रभाकर पराजुलीले प्राकृतिक दाँत जस्तै नक्कली दाँतका लागि काम गर्न सकिने बताए । ‘हामीले गरेको अनुसन्धानमा राँगाको दाँतमा प्रयोग गराएका हौँ, सफल पनि भयौँ, अब हामीले सजिलै ३२ वटा देशमा यस प्रविधिको प्रयोग गर्न सक्छौँ’, डा पराजुलीले भने , ‘यस प्रविधिको नाम हामीले दन्त्यनिखन राखेका छौँ ।’

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ८ : ०४ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि

एकैदिन छापियो ५ हजारभन्दा बढी ई-पासपोर्ट

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य