हुक्का र टुल्की आजदेखि प्रदर्शनमा « Khabarhub

हुक्का र टुल्की आजदेखि प्रदर्शनमा


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आजदेखि दुई नेपाली चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ प्रदर्शनमा आउने भएका छन्। दुवै चलचित्र सामाजिक विधामा निर्मित भए पनि विषयवस्तुको हिसाबले भने निकै फरक छन्।

शम्भु थापाको निर्देशन रहेको ‘हुक्काः एन एब्सर्ड ड्रिम’ मा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, अलिशा भोगलगायत कलाकारले अभिनय गरेका छन्।

सामाजिक कथानक चलचित्र भनिए पनि यसमा पूर्ण मनोरञ्जनको सामग्री रहेको अभिनेता घिमिरेले जानकारी दिए। “हुक्का र त्यसको प्रतिष्ठालाई चलचित्रमा विम्बका रूपमा प्रयोग गरिएको छ। हाम्रो गाउँ समाजमा हुने घटनाक्रम र यथार्थलाई प्रस्तुत गरेका छौँ”, उनले भने।

यस्तै, आजैदेखि प्रदर्शनमा आउन लागेको ‘टुल्की’ मा नेपालको हिमाली क्षेत्रमा चलिआएको बहुपति प्रथालाई देखाइएको छ। देव थापाको निर्देशनमा तयार भएको सो चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरी उपल्लो क्षेत्रमा जाने र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको कथावस्तुलाई उजागर गरिएको छ।

उक्त चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  १० : २७ बजे

विश्वकपमा तन्त्रमन्त्रको घमासान : पेरुका झाँक्रीले फुकाए घानाका झाँक्रीको ‘श्राप’

काठमाडौं- अमेरिका, क्यानडा र मेक्सिकोमा जारी सन् २०२६ को फिफा

नेतृत्वको कमजोरीले कम्युनिष्ट आन्दोलन कमजोर बन्यो : जनार्दन शर्मा

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेतृत्व तहमा

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौं– आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान

विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालत लगियो

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका

सुकी जीवित भएको प्रमाण माग

एजेन्सी– म्यान्माकी बन्दी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीका कान्छा छोरा