हुक्का र टुल्की आजदेखि प्रदर्शनमा « Khabarhub

हुक्का र टुल्की आजदेखि प्रदर्शनमा


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आजदेखि दुई नेपाली चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ प्रदर्शनमा आउने भएका छन्। दुवै चलचित्र सामाजिक विधामा निर्मित भए पनि विषयवस्तुको हिसाबले भने निकै फरक छन्।

शम्भु थापाको निर्देशन रहेको ‘हुक्काः एन एब्सर्ड ड्रिम’ मा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, अलिशा भोगलगायत कलाकारले अभिनय गरेका छन्।

सामाजिक कथानक चलचित्र भनिए पनि यसमा पूर्ण मनोरञ्जनको सामग्री रहेको अभिनेता घिमिरेले जानकारी दिए। “हुक्का र त्यसको प्रतिष्ठालाई चलचित्रमा विम्बका रूपमा प्रयोग गरिएको छ। हाम्रो गाउँ समाजमा हुने घटनाक्रम र यथार्थलाई प्रस्तुत गरेका छौँ”, उनले भने।

यस्तै, आजैदेखि प्रदर्शनमा आउन लागेको ‘टुल्की’ मा नेपालको हिमाली क्षेत्रमा चलिआएको बहुपति प्रथालाई देखाइएको छ। देव थापाको निर्देशनमा तयार भएको सो चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरी उपल्लो क्षेत्रमा जाने र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको कथावस्तुलाई उजागर गरिएको छ।

उक्त चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  १० : २७ बजे

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई

राष्ट्रपतिको पहलमा तीन शीर्ष नेता र प्रधानमन्त्री कार्कीबीच पहिलो पटक प्रत्यक्ष वार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर