विद्यालयमा करेन्ट लागेर छात्रको मृत्यु « Khabarhub

विद्यालयमा करेन्ट लागेर छात्रको मृत्यु


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कुल राजविराजका कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ।

विद्यालयले आयोजना गरेको हाउस वाइज क्रिकेट टुर्नामेन्टमा साउण्ड सिस्टम बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर राजगढ गाउँपालिका झुटकी–२ बस्ने १५ वर्षीय तेसलानन्द यादवको शुक्रबार बिहान मृत्यु भएको हो।

राजविराज कुनौली रोडमा रहेको विद्यालयमा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा लैजानेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी नरेश कुमार सिंहले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए। मृतकका आफन्तले विद्यालयको लापरबाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  १२ : १० बजे

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा