‘सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन’ « Khabarhub

‘सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन’


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

पाँचखाल– प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता नै नरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय  शान्ति सैनिक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पत्रकारसँग कुराकानी गर्दै उनले संगठनलाई चाहिने आवश्यक हातहतियार पर्याप्त मौज्दात रहेकाले अहिले हातहतियार किन्नुपर्ने आवश्यकता नै नरहेको स्पष्ट पारेका छन् ।

प्रधानसेनापति शर्माले भने, ‘युएन मिसनका लागि हतियार नभएर विभिन्न भेहिकलका पार्टस् आवश्यकताका आधारमा सम्बन्धित देश वा नजिकको बजारबाट सुलभ मूल्यमा खरिद गरिनु स्वभाविक भएकाले बजारको अध्ययनका कुरा हुनसक्ने भए पनि हतियार भने खरिद गर्नुपर्ने आवश्यकता छैन ।’

मित्रराष्ट्र चीनसँग विसं २०४५ यता कुनै हतियार खरिद नगरिएको स्पष्ट गर्दै उनले जुनसुकै देशबाट हतियार खरिद गर्नुपरेको खण्डमा सरकारको स्वीकृति लिएर ऐन, नीति, नियमको परिधिभित्र रहेरमात्र प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ छ । केही सञ्चारमाध्यमले सेनाले हतियार खरिद गर्दैछ भन्ने समाचार सम्प्रेषण गरिरहेका सन्दर्भमा उनले कुनै पनि देशबाट हतियार खरिदका लागि हालसम्म प्रतितपत्र(एलसी) नखोलिएको पनि स्पष्ट पारे । 

कुन देशमा शान्ति मिसन खडा भएको हो त्यो मुलुकको माटो सुहाउँदो सवारीसाधन खरिद गरिँदै आएको बताउँदै प्रधानसेनापति शर्माले सत्यतथ्यभन्दा बाहिर गएर कुनै देश वा कम्पनीले आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्यलाई बल पुग्ने ढंगले समाचार सम्प्रेषण नगर्न सुझाव दिए ।

उनले हुँदै नभएको हतियार खरिदसम्बन्धी विषयमा मुलुकका सरकारका मन्त्री र पूर्वपदाधिकारीको नाम जोडेर अफवाह फैलाउने गरी समाचार सम्प्रेषण नगर्न ध्यानाकर्षण गराउँदै शान्ति मिसनमा प्रयोग भएका सवारीसाधनका लागि आवश्यक पार्टपूर्जा भने विश्वका जुनसुकै देशबाट खरिद गर्न सकिने धारणा राखे ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ५ : २९ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ