चलचित्र 'माछा माछा' का आकर्षक ५ पोस्टर, रिलिज मिति फाइनल | Khabarhub Khabarhub

चलचित्र ‘माछा माछा’ का आकर्षक ५ पोस्टर, रिलिज मिति फाइनल


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – चलचित्र ‘माछा माछा’ टिमले प्रदर्शन मिति तय गरेको छ । सौगात मल्ल स्टारर यो फिल्ममा ३ गाउँले युवाहरुले शहरिया जीवन भोग्दा गरेको संघर्षको कथालाई फिल्ममा कथानक बनाइएको छ । चलचित्रमा सौगात मल्ल, विजय बराल र अनोज पाण्डेको शीर्ष भूमिका निभाएका छन् ।

निर्माण पक्षले फिल्मका ५ पोस्टर सार्वजनिक गर्दै रिलिज पनि पनि घोषणा गरेको हो । सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको यो फिल्म कार्तिक २९ गतेदेखि रिलिज हुने जनाइएको छ ।

सार्वजनिक गरिएका पोस्टरमा सौगात, विजय र अनोजको समुह र माओत्से गुरुङको समुह छुट्टिएको छ । माओत्सेको समुहले समातेको क्रिकेटको ब्याट, बल र स्टम्प देख्न सकिन्छ । यो फिल्मको रिलिजअघि राम्रै चर्चा छ ।

यस्तै नायिका नम्रता श्रेष्ठ पनि पोस्टरमा अटाएकी छिन् । फिल्मका पोस्टरहरू आकर्षक छन् ।

मणिराम पोखरेल कार्यकारी निर्माता रहेको यो फिल्ममा प्रवीण खतिवडा, पुस्कर गुरुङ, कमलमणि नेपाल, भोलाराज सापकोटा, सरिता गिरी, धुर्व कोइराला, बसन्त भट्ट लगायतका कलाकारको अभिनय देख्न सकिनेछ । यो फिल्म सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।

रामबाबु गुरुङ र दयाहाङ राईको लगानी रहेको यो फिल्ममा सह-निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । यस्तै फिल्ममा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठको छायाँकन र निर्देशक गुरुङको लेखन रहेको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ३ : ०९ बजे

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले