कैलाली : अन्तरपालिका टी-२० क्रिकेटको उपाधि गोदावरीलाई « Khabarhub

कैलाली : अन्तरपालिका टी-२० क्रिकेटको उपाधि गोदावरीलाई


१४ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा जेठ ७ गतेदेखि धनगढीको फाप्ला मैदान र लम्कीको व्यवस्थितनगर खेलमैदानमा सञ्चालनमा रहेको कैलाली प्रीमियर लिग अन्तरपालिका टी-२० क्रिकेट प्रतियोगिता २०८० को फाइनल खेलमा गोदावरी नगरपालिकाले टिकापुर नगरपालिकालाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको छ।

शनिबार भएको खेलमा टिकापुर नगरपालिकाले टस जित्दै ब्याटिङ गरेको थियो। टिकापुर नगरपालिकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८६ रन मात्र जोड्न सक्यो। ब्याटिङतर्फबाट टिकापुर नगरपालिकाका लागि यादव साउँदले २८  बलमा सर्वाधिक २१ रन बनाउँदा रक्षित बमले ३२  बलमा १३ रन तथा सञ्जय रावलले ११ बलमा १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन्।

बलिङतर्फ गोदावरी  नगरपालिकाका लागि सुशील साउँद र सन्तोष कार्कीले समान ३/३ विकेट लिएका थिए। खेलमा फिर्दोष अन्सारी २ विकेट लिन सफल भए।

८७  रनको मध्यम  विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको गोदावरी नगरपालिकालेले निर्धारित २० ओभरको खेलमा १५.१ ओभर खेल्दै ५ विकेटको क्षति ८७ रन बनाउन सफल हुँदै प्रतियोगिताको उपाधि  हात पारेको हो। गोदावरी नगरपालिकाका लागि फिर्दोष अन्सारीले ३४ बलमा अविजित सर्वाधिक  २३ रन बनाउँदा सैलेश कठायत १८ बलमा २० रन तथा दिपेश कडेँलले १२ बलमा अविजित १७ रन बनाएका थिए।

बलिङतर्फ टिकापुर नगरपालिकाका लागि पारस तिमिल्सिनाले ३ ओभरमा २५ रन खर्चंदै सर्वाधिक २ विकेट लिन सफल भए पनि आफ्नो टोलीलाई उपाधि दिलाउन सकेनन्।

फाइनल खेल गोदावरी नगरपालिकाले ५ विकेटले जित्न सफल भएको हो। उक्त खेलमा उत्कृष्ट अलराउण्ड  प्रदर्शन गर्न सफल गोदावरी  नगरपालिकाका खेलाडी फिर्दोष अन्सारी मालिकार्जुन हार्डवेयर म्यान अफ दी म्याच घोषित हुँदै नगद एक हजार साथै ट्रफी हात पार्न सफल भए।

विजेता  गोदावरी नगरपालिकाले एक लाख एकाउन्न हजारसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्दा उपविजेता टिकापुर नगरपालिकाले पचहत्तर हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन पुगेको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ८ : ५० बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर