भ्रष्टाचारविरुद्धको आन्दोलनमा होमिए महोत्तरीका साहित्यकार   « Khabarhub

भ्रष्टाचारविरुद्धको आन्दोलनमा होमिए महोत्तरीका साहित्यकार  


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- बीसको दशकयता नेपाली साहित्यमा देखापरेका साहित्यिक आन्दोलनमध्ये केही मात्र अस्तित्वमा छन्। तर ‘राल्फा’ आन्दोलनको चर्चा हिजोआज पनि भइरहन्छ।  २०२१ सालमा सरकारविरुद्ध सुरु भएको राल्फा प्रगतिशील संगीत बनेर स्थापित भयो।

काठमाडौँमा जन्मिए पनि यो आन्दोलन गाउँगाउँसम्म पुग्यो। पारिजातको नेतृत्वमा यसका अभियन्ता मेची-महाकालीसम्म पुगेका थिए । यस्तै साहित्यिक आन्दोलनको सुरुवात हुने भएको छ, महोत्तरीमा पनि।

भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदमलाई थप सशक्त बनाउन र खबरदारी गर्न प्रगतिशील लेखक संघ महोत्तरीले गणतन्त्र दिवसको अवसर पारेर औपचारिक सुरुवात गर्ने भएको छ। `लेखक तथा साहित्यकारहरुले आफ्ना साहित्यिक रचनाको माध्यमबाट आन्दोलन गर्ने तयारी गरेका हुन्।’ प्रगतिशील लेखक संघ महोत्तरीका अध्यक्ष नारायण घिमिरेले भने।

यसअघि पनि विद्रोही चेतका कविताका माध्यमबाट जिल्लाका साहित्यकारहरुले आफ्ना रचनाहरु प्रकाशन गर्दै आएका छन्। सामाजिक मुद्दाका विषयहरूलाई समेत रचनाका माध्यमबाट प्रस्फुटित गर्दै आएका महोत्तरीका साहित्यकारहरू भ्रष्टाचारको विरुद्ध पहिलोपटक संगठित हुन लागेका हुन्।

मोफसलबाट सुरु गरिएको यो साहित्यिक आन्दोलन सम्भवत: देश कै पहिलो आन्दोलन हुन सक्ने प्रगतिशील लेखक संघको दाबी छ। तत्कालीन समयमा रायन र रमेशले रेडियो नेपालबाट पारिश्रमिक नपाएको विषयमा पारिजातले नेतृत्व गरेको राल्फा आन्दोलनको जतिकै यो आन्दोलन सशक्त बन्नुपर्ने अध्यक्ष नारायण घिमिरेले बताए।

समाजमा विद्रोही चेतका कविताका माध्यमबाट भ्रष्टाचारविरुद्ध चलाइने कलम साहित्यकारहरुको लागि आफैँमा चुनौती भए पनि सबैले त्यसको जिम्मेवारीबोध गर्नुपर्ने महोत्तरीका साहित्यकारहरुको बुझाइ छ।

गणतन्त्र दिवसको दिन बर्दिबासस्थित एक होटेलमा हुने आयोजित कार्यक्रममा साहित्यकारहरुले आफ्ना विद्रोही भावहरु व्यक्त गरेर भ्रष्टाचारविरुद्धको साहित्यिक आन्दोलनको सुरु गर्नेछन्।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ११ : ०६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै