भेडापालनमा तमानखोलाका युवाको आकर्षण  « Khabarhub

भेडापालनमा तमानखोलाका युवाको आकर्षण 


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेलाका २५ वर्षीय युवा सिजन छन्त्याल भेडापालनमा छन् । युवा जोस तथा उत्सुकताको उमेरमा उहाँको सन्तुष्टि भने भेडापालमा भेटिएको छ । 

अहिलेका युवामा वैदेशिक रोजगारीको मोह बढिरहेको सन्दर्भमा सिजनलाई भने भेडीगोठले तानिरहेको छ । बुबा र बाजेले गर्दै आएको भेडापालनलाई आफूले निरन्तरता दिने निर्णयका साथ भेडापालनमा होमिएको उनको भनाइ छ ।

भेडापालनलाई व्यावसायिक बनाउनसके विदेशको कमाई आफ्नै गाउँठाउँमा गर्न सकिने भन्दै भेडापालनमा होमिएको उनले बताएका छन् । सिजन अहिले आफ्नो गाउँ लाम्मेला हुँदै भेडा चराउनका लागि सोलेडाँडा पुगेका छन् । उनले पालेका एक सय पाँच भेडा अब भदौमा मात्रै घर फर्कंनेछन् ।

‘बाबा भक्तिप्रसाद छन्त्यालको प्रेरणाले भेडापालनमा लागे, सानैमा भेडीगोठमा नै बढी आनन्द मानियो, साथीभाइ राहदानी बनाएर विदेश हानिए, भेडापालनमा समेत राम्रो सम्भावना देखेर आफू भने भेडीगोठमा लागेको हुँ’, युवा भेडापालक किसान सिजनले भने, ‘कम्तीमा दुई सय भेडा पाल्न सके खाडी मुलुकमा जति कमाउन सकिने रहेछ, रोगव्याधी र जंगंली जनवारले नसताएमा अब मङ्सिरमा घर आउँदा भेडा झण्डै एक सय ४० भन्दामाथि पुग्नेछन् ।’

एक वर्षमा ४० देखि ५० भेडा, साँढ तथा पाठी बिक्री गर्नेगरी भेडापालनलाई व्यवस्थित गर्दै आएको उनको भनाइ छ । रोज्जा साँढको मूल्य रु ३५ हजारसम्म पर्ने गरेको उनले बताए । सरदर रु १० हजारदेखि ३५ हजारसम्म साँढ, भेडा र पाठीको मूल्य पर्दछ । भेडापालनबाटै वार्षिक छ लाख आम्दानी गर्दै आएको उनको भनाइ छ ।

‘भेडापालन एक कष्टकर पेसा हो, घरमै बसेर भेडापालन हुँदैन, जंगलमा अस्थायी गोठ बनाएर भेडापालन गर्दै बस्नुपर्दछ’, उनले भने, ‘वार्षिक सरदरमा रु छ लाख आम्दानी हुन्छ, जंगली जनवारको आक्रमणमा नपरे अझ धेरै हुनसक्छ, नेपालमै बसेर भेडापालन गर्ने सोच बनाएको छु, साथीभाइ विदेशिए भनेर म विदेश जान्न ।’ 

उनले भेडा चराउनका लागि वैशाखमा सोलेडाँडा, फागुन र चैत जम्दारखोर, पुस र माघ सोलेडाँडा, असोज र कात्तिक बैलीको धुरी र असारदेखि भदौसम्म बुकीमा भेडा चराउन लैजाने गरेको बताएका छन् । वर्षमा मङ्सिर महिना मात्रै भेडालाई घरमा राख्ने गरेको सिजनको भनाइ छ । 

परम्परागत भेडापालनमा पछिल्लो समय युवाको आकर्षण देखिएको हो । पुर्खादेखिको पेसा धान्दै भेडापालनलाई व्यावसायिक बनाउँदै यहाँका केही युवा भेडापालनमा आकर्षित भएका हुन् । सिजनसँगै भेडापालन अर्का युवा तारानाथ सिर्पाली पनि सक्रिय छन्।

तारानाथका अहिले २५ मात्रै भेडा छन् । उनले यस वर्ष भेडाको सङ्ख्या बढाउने बताए । पुस्तान्तरणको अभावमा कतिपय पेसा लोप हुने अवस्थामा पुगे पनि भेडा पाल्ने पेसामा हाम्रो तमानखोलामा पुस्तान्तरण भएको भेडापालक किसान तारानाथको भनाइ छ ।

उनले गाउँपालिकाले युवा भेडापालक किसानलाई भेडीगोठमा आवश्यक त्रिपाल, सोलार र टर्चलाइट वितरण गरेको बताए । खोर सुधारका लागिसमेत पालिकाले समयसमयमा अनुदान दिने गरेको उनको भनाइ छ । ‘गाउँपालिकाले भेडापालन किसानलाई त्रिपाल, सोलार तथा लाइट वितरण गरेको छ, जंगलमा गोठ बनाएर बस्दा गाउँपालिकाले दिएको सामाग्रीको निकै महत्व छ’, उनले भने, ‘भेडापालन पेसा निकै कष्टकर भए पनि दुःख गर्नसके राम्रो आम्दानी हुने पेसा हो ।’

पछिल्लो समय भेडापालक किसान पाउनै मुस्किल भएका सन्दर्भमा उक्त गाउँपालिकाका उच्च पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य स्रोत पशुपालन रहेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए । गाउँपालिकाले भेडापालक किसानलाई खोर सुधार गर्न, त्रिपाल खरिद गर्न र सोलार खरिदका लागि सहयोग गर्दै आएको उनले जानकारी दिए । 

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  १ : २६ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा