अनिता ढुंगाना योजना आयोगको सदस्यमा नियुक्त « Khabarhub

अनिता ढुंगाना योजना आयोगको सदस्यमा नियुक्त


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले लमजुङकी अनिता ढुंगानालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

साथै बैठकले गणतन्त्र दिवसको अवसरमा केही कैदीको बाँकी सजाय र केही कैदीलाई आममाफी दिने निर्णय गरेको छ । जसमा टीकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिन उनको निवेदनको आधारमा राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने बैठकले निर्णय सरकारकी प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

बैठकले सिन्धुलीमाढी भूमिस्थान चकमके उदयपुर कटारी सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न स्वीकृति दिने,  क्यानडामा आगामी भदौ ५ देखि ९ गतेसम्म आयोजना हुने विश्व वातावरणको सातौँ सभाको सम्बन्धित बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने र वन तथा वातावरण मन्त्रालयको मध्यतमोर जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ताप्लेजुङ जिल्लाको राष्ट्रिय वनक्षेत्रको प्रयोग गर्न र सो जग्गामा रहेको रुख हटाउन स्वीकृति दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् । 

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  २ : १८ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब