इरानमा बाढी, चार जनाको मृत्यु « Khabarhub

इरानमा बाढी, चार जनाको मृत्यु


१४ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तरपूर्वी इरानमा शनिबार राति आएको बाढीमा परी कम्तीमा चार जनाले ज्यान गुमाएका सरकारी समाचार समिति इरनाले आइतबार जनाएको छ ।

उत्तरी खोरासान प्रान्तको फारुज, शिरवान र फारुज काउन्टीमा मुसलधारे वर्षाका कारण बाढी आएको, फारुज काउन्टीको एउटा खोलाको पानी सतहभन्दा चार मिटर बढ्दा त्यसले व्यापक क्षति भएको प्रान्तीय सङ्कट व्यवस्थापन विभागका प्रमुख घोलामरेजा शफिकलाई उद्धृत गर्दै इरानले जनाएको छ ।

खोलाले बगाएका दुई जनाको शव भेटिएका, बाढीमा अन्य नागरिक पनि परेको आशङ्कामा अन्य सम्भावित पीडितको ओजी भइरहेको, शिरवान काउन्टीमा कारमा डुबेका दुई जनाको शव पनि फेला परेको जनाउँदै इरनाले १८ वटा गाडी बाढीले बगाएको माटोले पुरएिका बताएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ८ : ४६ बजे

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको राहदानी अध्यागमनमा पठाइयो

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई