‘दलहरुबीचको सहकार्यले मात्र समाजवादको सपना पूरा हुन्छ’ « Khabarhub

‘दलहरुबीचको सहकार्यले मात्र समाजवादको सपना पूरा हुन्छ’


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दाङ – लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले अग्रगामी विचार राख्ने दलहरूबीचको बलियो एकता र सहकार्यले मात्र समाजवादको सपना पूरा हुने बताएका छन्। उनले गणतन्त्रको मुख्य उद्देश्य र लक्ष्य पनि समाजवाद रहेकाले लक्ष्य हासिल गराउनेतर्फ लाग्न सबैमा अनुरोध गरेका छन्।

सोह्रौँ गणतन्त्र दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा प्रदेश प्रमुख शेरचनले समुन्नत राष्ट्र निर्माण र जनताको समृद्धि प्राप्त गर्न १९ दिने महान् जनसङ्घर्षमा सहभागी दलहरूको एकता एवं समझदारीले मात्र संविधानको रक्षा र संविधानलाई अपनत्व नलिने तत्वहरूका विरुद्ध बलियो स्तम्भ बन्न सक्ने बताएका छन्। “त्यसले मात्र राष्ट्रिय औद्योगिक विकासलाई विस्तार गर्दै आत्मनिर्भर अर्थतन्त्रमा फड्को मार्न सकिने छ”, उनले भनेका छन्, “समाजवादी व्यवस्था स्थापनाका लागि मार्गप्रशस्त हुने छ, सहिदहरूको बलिदान सार्थक हुने छ।”

नेपाली जनताले प्राप्त गरेको यो सीमित गणतन्त्र दिवसले वंश परम्परामा आधारित निरङ्कुश सामन्ती राजतन्त्रात्मक शासनलाई अन्त्य गरेको दिन भएकाले यो आफैँमा दीर्घ ऐतिहासिक रहेको बताएका छन्। “आजैका दिन म के स्पष्ट गराउन चाहन्छु भने प्रतिगमनविरुद्धको सङ्घर्षका बेला तत्कालीन राजतन्त्रसँग सम्झौता गरेको भन्ने हल्ला विल्कुलै कपोलकल्पित र निराधार हुन”, सन्देशमा भनेका छन्, “प्रतिगमनविरुद्ध सङ्घर्षरत तत्कालीन सात दलका नेताहरूले हस्ताक्षर गरेको सम्झौतापत्र सार्वजनिक गर्न ती तत्वहरूलाई चुनौती दिन चाहन्छु।”

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ८ : ३४ बजे

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।

भिक्टरले चलाए सुधन गुरुङ गृहमन्त्रीको लागि लायक छन् भन्ने पोल

काठमाडौं– रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले सुधन गुरुङ

मेयर छोडेको दुई महिनामै प्रधानमन्त्री बने बालेन्द्र (तस्बिरहरू)

काठमाडौं- २०७९ वैशाखको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वािचत बालेन्द्र शाह

कांग्रेसले ‘संसदीय सचेतना कार्यक्रम’ गर्ने

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सदस्यका

बालेन सरकार : प्रधानमन्त्रीसहित सबै मन्त्रीले लिँदै शपथ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा