गणतन्त्र हरेक नागरिक समान हुने प्रणाली हो : प्रदेश प्रमुख गुरुङ « Khabarhub

गणतन्त्र हरेक नागरिक समान हुने प्रणाली हो : प्रदेश प्रमुख गुरुङ


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राष्ट्रको समृद्धिका लागि एकता, सहमति र सहकार्य आवश्यक भएको बताएका छन्।

गणतन्त्र दिवस २०८० का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले गणतन्त्र घोषणा भएसँगै सुशासन, द्रुततर आर्थिक, सामाजिक विकासलगायत सबै क्षेत्रमा सुन्दर, समृद्ध र नयाँ हुन्छ भन्ने आम नेपालीको अपेक्षा एवं सहिदका सपना साकार पार्न एकता, सहमति र सहकार्य हुनु आवश्यक रहेको उल्लेख गरेका छन्।

लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ अमूल्य जीवन बलिदान गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले यस ऐतिहासिक दिवसले हामी सबैलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन्।

“व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु गणतन्त्रको प्रमुख विशेषता हो”, सन्देशमा भनिएको छ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ८ : ३७ बजे

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा

कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने

काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र

शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल उद्योग वाणिज्य संघका

इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकामाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति

रूसमा युक्रेनी आक्रमण : १३ जनाको मृत्यु, ७५ घाइते

एजेन्सी– रूसको तातारस्तान क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक बालकसहित