गणतन्त्र हरेक नागरिक समान हुने प्रणाली हो : प्रदेश प्रमुख गुरुङ « Khabarhub

गणतन्त्र हरेक नागरिक समान हुने प्रणाली हो : प्रदेश प्रमुख गुरुङ


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राष्ट्रको समृद्धिका लागि एकता, सहमति र सहकार्य आवश्यक भएको बताएका छन्।

गणतन्त्र दिवस २०८० का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले गणतन्त्र घोषणा भएसँगै सुशासन, द्रुततर आर्थिक, सामाजिक विकासलगायत सबै क्षेत्रमा सुन्दर, समृद्ध र नयाँ हुन्छ भन्ने आम नेपालीको अपेक्षा एवं सहिदका सपना साकार पार्न एकता, सहमति र सहकार्य हुनु आवश्यक रहेको उल्लेख गरेका छन्।

लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ अमूल्य जीवन बलिदान गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले यस ऐतिहासिक दिवसले हामी सबैलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन्।

“व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु गणतन्त्रको प्रमुख विशेषता हो”, सन्देशमा भनिएको छ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ८ : ३७ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने