गणतन्त्रको विकल्प गणतन्त्र : मुख्यमन्त्री यादव | Khabarhub Khabarhub

गणतन्त्रको विकल्प गणतन्त्र : मुख्यमन्त्री यादव


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुलुकमा गणतन्त्र आएको डेढ दशकमा थुप्रै चुनौती बढे पनि गणतन्त्रको विकल्प गणतन्त्र नै हुने बताएका छन् । 

सोह्रौँ  गणतन्त्र दिवसका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले देश परम्परा शासन व्यवस्थाभन्दा धेरै अगाडि बढिसकेकाले लोकहित र जनताका अपेक्षाका कसीमा खरो उत्रन आफूहरु कटिबद्ध रहेको बताएका छन् । ‘गणतन्त्रको अर्थ हो जनताका छोराछोरी आफ्नो शासन आफैँ गर्न सक्षम छन् । देशहितको अर्थ लोकहित हो । यसमा शंका छैन्’, उक्त सन्देशमा भनिएको छ,’जतिसुकै ठूलो पदमा पुगे पनि नेतृत्वकर्ता दायित्वहीन हुन सक्दैनन् । नेताले गल्ती गरे जनदण्ड भोग्नुपर्ने हुन्छ ।’ 

हामी अगाडि बढिसकेका छौँ, अब जनताका अपेक्षाका कसीमा खरो उत्रन जरुरी छ । त्यसमा कटिवद्ध छौँ भन्दै मुख्यमन्त्री यादवले गणतन्त्र दिवसका अवसरमा मधेश प्रदेश र समस्त देशवासीमा शुभकामना व्यक्त गरेका छन् । 

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  १२ : १६ बजे

देशभरका शिवालयमा दर्शनार्थीको भीड (तस्बिरहरू)

काठमाडौं– हिन्दू धर्मावलम्बीहरूले महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा,

अपाङ्गता भएकालाई घरमै नागरिकता

तनहुँ– जिल्ला प्रशासन कार्यालयले अपाङ्गता भएका एक किशोरलाई घरमै पुगेर

मलेखुमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु

धादिङ– धादिङको गल्छी गाउँपालिका–३ गुप्तेश्वरी मन्दिरमा पानीको ट्याङ्कर लिएर गएको

के सकिएकै हो अमेरिका र रुसको तिक्तता ?

सोमबार राति विश्व राजनीतिका लागि एउटा महत्त्वपूर्ण संयोग देखा परेको

प्रधानमन्त्री ओलीबाट महाशिवरात्रिको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूमा महाशिवरात्रि पर्व