सुशासन र समृद्धिको यात्रामा कोशी प्रदेश « Khabarhub

सुशासन र समृद्धिको यात्रामा कोशी प्रदेश


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र समृद्धिको यात्रामा प्रदेश सरकार अघि बढिरहेको बताएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित १६औँ गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले आम नागरिकले अनुभूति गर्ने गरी प्रदेश सरकारले काम गरिरहेको चर्चा गरे । मुख्यमन्त्री कार्कीले इतिहासको गतिलाई कसैले पनि पछाडि धकेल्न नसक्नेमा जोड दिए ।   

उनले मुलुकमा स्थापित गणतन्त्रले सबै वर्ग, जाति र समुदायलाई मूल प्रवाहमा ल्याएकाले प्रदेशको नामकरण पछि केही शक्ति र व्यक्तिले गरिरहेका आन्दोलन एवं विरोधको कार्यक्रम पूर्णरुपमा शान्तिपूर्ण हुनुपर्छ भने ।

हिंसाको गतिविधिलाई छाडेर सरकारसँग वार्ता र संवाद गर्न अपिल गर्दै मुख्यमन्त्री कार्कीले  भने, ‘मुलुकको सद्भाव र शान्तिलाई कसैले पनि बिगार्नु हुँदैन । सहमति र वार्ताबाटै समस्या समाधान गर्नुपर्छ  आफ्नो अधिकार खोज्दा अरुको अधिकार पनि हनन् गर्नु हुँदैन ।’

गणतन्त्रमा रोजगार र सामाजिक सुरक्षाको सुनिश्चिता संविधानले नै गरेको धारणा व्यक्त गर्दै उनले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन सबैले आआफ्नो तहबाट प्रयास गर्नुपर्ने कुरामा जोड दिए । मुख्यमन्त्री काकीले संघीय लोकतन्त्र र गणतन्त्र प्राप्तिको आन्दोलनमा सहिद भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते एवं अपांगता भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

कोशी प्रदेशका प्रमुख सचिव डा दीपक काफ्लेले लोकतन्त्र र गणतन्त्रात्मक व्यवस्थाले जनताको सुशासन र अधिकार स्थापित गरेको चर्चा गरे । कार्यक्रममा लोकतन्त्र प्राप्तिमा योगदान पुर्‍याउने पत्रकार मोहनप्रसाद भण्डारी, श्यामकृष्ण राई र नरबहादुर लिम्बूलाई जनही रु एक लाखको लोकतान्त्रिक पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  १२ : ३५ बजे

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।

भिक्टरले चलाए सुधन गुरुङ गृहमन्त्रीको लागि लायक छन् भन्ने पोल

काठमाडौं– रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले सुधन गुरुङ

मेयर छोडेको दुई महिनामै प्रधानमन्त्री बने बालेन्द्र (तस्बिरहरू)

काठमाडौं- २०७९ वैशाखको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वािचत बालेन्द्र शाह