प्रदेशमा पूर्ण अधिकार नआउँदासम्म गणतन्त्र संस्थागतमा चुनौती « Khabarhub

प्रदेशमा पूर्ण अधिकार नआउँदासम्म गणतन्त्र संस्थागतमा चुनौती


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भालुवाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोकेअनुसारको अधिकार दिन नसकेको बताएका छन् । 

आज लुम्बिनी प्रदेशले राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको १६ औँ गणतन्त्र दिवसका अवसरमा उनले प्रदेश सरकारमा पूर्ण अधिकार नआउँदासम्म गणतन्त्र संस्थागतमा चुनौती थपिँदै जाने खतरा रहेको प्रष्ट्याए। 

गणतन्त्र संस्थागत नहुँदासम्म जनताको अधिकार प्राप्तिका लागि सरकार लडिरहने पनि उनले बताए । उनले केन्द्रले प्रदेश सरकारलाई दिनुपर्ने अधिकार आफैँ केन्द्रमा थमौती गरेर राख्दा कति असर गरेको छ भन्ने कुरा देखिएको बताए । ‘यो कुरा आएर केन्द्र सरकारले स्थानीय नागरिकलाई सोधोस् अनि बल्ल जनताले जवाफ दिनेछन्’, उनले भने ।  

अहिले पनि तहगतरुपमा संविधानले तोकेको अधिकार प्राप्त हुन नसकेको भन्दै मुख्यमन्त्री चौधरीले गणतन्त्र संस्थागत हुन नसक्दा जनताका अपेक्षा पूरा गर्न नसकिने हुँदा आआफ्नो दायित्व पूरा गर्न नसक्ने जस्ता समस्या देखिएको औँल्याए । 

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तीन तहकै सरकार जिम्मेवार बन्नुपर्ने बताए । अधिकार बाँडफाँडमा केन्द्र सरकारले हस्तक्षेप नगर्न उहाँको आग्रह थियो । अधिकार प्रदेशमा दिन उनले केन्द्र सरकारको ध्यानाकर्षण गराए । गणतन्त्रको उपलब्धिलाई तल्लो तहसम्म पु¥याए मात्र गणतन्त्रमा सबैको अपनत्व बढ्ने उनको धारणा छ । 

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  १ : ४३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै