आरक्षणको व्यवस्थालाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउनुपर्ने  | Khabarhub Khabarhub

आरक्षणको व्यवस्थालाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउनुपर्ने 


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले ग्यारेण्टी गरेको आरक्षणको व्यवस्थालाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउँनुपर्नेमा जोड दिएका छन् ।

पाँचौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शुभकामना दिँदै उनले नेपाली महिलाको सुरक्षा, सम्मान र हक अधिकार सुनिश्चित गरी लैंगिक समानतायुक्त सभ्य समाज निर्माणमा जोड दिएका हुन् ।

महिलाको अधिकारलाई सुनिश्चितता प्रदान गर्दै लैंगिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई यस दिवसले अझ सम्मान र पहिचानका साथ थप ऊर्जा प्रदान गर्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरेका छन् । 

२०६३ जेठ १६ गतेका दिन तत्कालीन पुनः स्थापित प्रतिनिधिसभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चार ‘विशेष प्रस्ताव’ पारित गरेको दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउन थालिएको हो ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ६ : ५४ बजे

गृहको निर्णय सच्याउन बारको माग

काठमाडौं– नेपाल बार एसोसिएसनले गृह मन्त्रालयले यही असोज ९ गते

पूर्वपरराष्ट्रमन्त्री आरजु राणाका भाइको घरमा सीआईबीको छापा, कहाँ छन् भूषण ?

काठमाडौं- केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणाका

ओलीको ‘अहमता’ कायमै, नेताहरु भन्छन्- पुरानै ढर्रामा हुनुहुन्छ

काठमाडौं- आइतबार बेलुका करिब छ घण्टा बसेको नेकपा एमालेको सचिवालय

भोजपुरका किसानलाई मकै थन्क्याउने चटारो

भोजपुर- देशभर दसैँको माहोल सुरु भइसक्दा भोजपुरको लेकाली भेगका किसानलाई

चाडपर्वलाई लक्षित गरेर उपत्यकामा छ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं– चाडपर्वलाई लक्षित गरेर यस वर्ष काठमाडौँ उपत्यकामा छ हजार