समायोजनबाट पदपूर्ति भएको स्थानमा करार कर्मचारीको म्याद थप नगर्न पत्राचार « Khabarhub

समायोजनबाट पदपूर्ति भएको स्थानमा करार कर्मचारीको म्याद थप नगर्न पत्राचार


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले स्वास्थ्यक्षेत्रमा कार्यरत करारका कर्मचारीको नियक्ति तथा करार म्याद थप गर्ने बारे नयाँ निर्णय गरेको छ ।

सरकारले प्रदेश मातहतका कार्यलयहरुमा करार सेवामा रहेका ७,८ र ९ औं तहका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई श्रावन १ गतेदेखि ६ महिनासम्मका लागि करार निर्देशिका २०७२ अनुसार करार थप गर्ने निर्णय गरेको छ ।

यस्तै प्रदेश सरकार मातहतमा रहेका अस्पतालहरुमा स्वीकृत दरवन्दी अनुसार चिकित्सक र स्वास्थ्यकर्मीको सेवा आवश्यक भएमा प्रदेश सरकारको श्रोतबाट करारका कर्मचारी नियुक्ति गर्न सकिने व्यवस्था गरेको छ ।

यस्तै मन्त्रीस्तरीय निर्णयले समयोजन प्रणालीबाट पदपूर्ति भएका तथा स्थायी प्रक्रियाबाट पदपूर्ति भएका पदहरुमा करारमा रहेका स्वास्थ्यकर्मी र चिकित्सकको म्याद थप नगर्ने व्यवस्था मिलाउन भनेको छ ।

यस्तै करारको म्याद २ वर्ष पूरा भएका चिकित्सक र स्वास्थ्यकर्मीको करारको म्याद थप गर्न नमिल्ने निर्णय गरेको छ ।

गत सोमबार बसेको मन्त्रीस्तरीय बैठकले गरेको निर्णय अनुसार सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयलाई स्वास्थ्य सेवाका चिकित्सक तथा स्वास्थ्यकर्मीको करार नियुक्तिको विषयमा चाँर बुदेँ निर्णय कार्यन्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ६ : ०२ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने