साउदीमा थप १२ हजार आप्रवासी नागरिक पक्राउ | Khabarhub Khabarhub

साउदीमा थप १२ हजार आप्रवासी नागरिक पक्राउ


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदीमा थप १२ हजार ९३ जना आप्रवासी नागरिक पक्राउ परेका छन् । साउदी सरकारले गैरकानुनी कामदारमाथि धड्पकड तीब्र पारेसँगै एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १२ हजार ९३ जना पक्राउ परेका हुन् ।

१८ देखि २४ मेसम्म सुरक्षा बलका विभिन्न इकाइले राज्यभर गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको साउदीको गृह मन्त्रालयले जनाएको छ  ।

पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लङ्घन गर्ने ६ हजार ५ सय ९८, सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने ४ हजार ८२ र श्रम कानून उल्लंघन गर्ने १ हजार ४१३ रहेका छन् ।

राज्यमा सीमा पार गर्न खोज्दा ४ सय १ व्यक्तिहरू पक्राउ परेका थिए, ४५ प्रतिशत यमनी, ५३ प्रतिशत इथियोपियाली र २ प्रतिशत अन्य राष्ट्रियताका थिए भने ६४ उल्लङ्घनकारीहरू साउदी अरेबियाबाट बाहिर जानको लागि सीमा पार गर्न खोज्दा पक्राउ परेका थिए। यी मध्य कानुन उल्लङ्घन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने १३ जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको जनाइएको छ । 

यी सबैलाई सजाय तथा कानुनी प्रकृया पुर्‍याएर देश निकाला गरिने जनाएको छ । घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिवानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरि धड्पकड अभियान तीब्र पारेसँगै गैरकानुनी रुपमा त्यहाँ कार्यरत सयौँ नेपालीहरू पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ९ : १७ बजे

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको

सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्छ : गगन थापा

पाटन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र

टिपर पल्टिएर तमोरमा खस्दा एकजना बेपत्ता

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा आज दिउँसो टिपर पल्टिएर तमोर

इम्बोस्ड नम्बर प्लेटबारे महासंघले भन्यो- सरकारी निर्णयको विरोधमा उत्रिनू

काठमाडौं– नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले इम्बोस्ड नम्बर अनिवार्य गर्ने

विदेशमा तीज मनाउन कलाकारको दौडधूप

काठमाडौं – चाहे तीज होस् या दशैं, चाडबाड नजिकिएपछि कलाकारहरुको