महोत्तरीमा ‘लम्पी स्किन’ बाट पशु मर्न थाले « Khabarhub

महोत्तरीमा ‘लम्पी स्किन’ बाट पशु मर्न थाले


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको एउटै वडामा एक सय ५० बढी गाईगोरुमा ‘लम्पी स्किन रोग’ देखा परेको छ । बर्दिबास-१० खयरमारामा स्थानीयले पालेका गाईगोरुमा लम्पी स्किन रोग देखिएको स्थानीय पशुपालक कृष्णबहादुर थापाले बताए ।

उनका अनुसार विगत १०-१५ दिनदेखि गाउँमा  रोगले समस्या हुँदै गएको र अहिलेसम्म १० पशु मरिसकेको छन् । केही दिनदेखि पशुको छालामा अचानक नयाँ खालको सङ्क्रमण देखिन थालेको, जीउभरि गिर्खा आउन थालेको, घाउजस्तो भएर पिप बग्न थालेको, उच्च ज्वरोलगायतका लक्षण देखिएको र अहिलेसम्म १० पशु मरिसकेको स्थानीय पशुपालक वीरेन्द्र थापाले बताए ।

बर्दिबास नगर प्रमुख प्रल्हदकुमार क्षेत्रीले खयरमाराका पशुमा लम्पी स्किन देखिएको र यसको रोकथाम र उपचारका लागि पशु चिकित्सकसँग परामर्श सहित आवश्यक औषधिको व्यवस्थापन गर्न लागेको बताए।

महोत्तरीमा रहेको १५ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको जनाइएको छ । जिल्लाभर यस रोगबाट अहिलेसम्म करिब २० गाईगोरु मरेका छन् ।

लम्पी स्किन रोग अहिले जिल्लाभरि फैलिँदासमेत भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र महोत्तरीले चासो नदेखाएको पशु पालक किसानले गरेका छन् ।

लम्पी स्किन सङ्क्रमित पशुको शरीरका भागमा गिर्खा आउने, घाउ हुने पाक्ने, पिप बग्ने, उच्च ज्वरो आउने लक्षण देखिएको छ भने लम्पी स्किन रोगले सबैभन्दा बढी दुधालु गाईलाई प्रभावित पार्ने गरेको जनाइएको छ । 

लम्पी स्किन लागेका पशुबाट दूध उत्पादनमा ५० प्रतिशत बढी ह्रास आउने छ । पशुसेवा विज्ञ केन्द्रका सूचना अधिकारी सूर्यदेव यादवले रोग नियन्त्रणका लागि आवश्यक प्रयास भइरहेको बताए ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  १० : ५७ बजे

मेयरले आफ्नै मान्छेलाई सभापति बनाउन बलजफ्ती गरेपछि रोकियो कांग्रेसको नगर अधिवेशन

भोजपुर- नेपाली कांग्रेस भोजपुर नगरपालिका नगर कार्यसमितिको अधिवेशन भाँडिएको छ

मकै भित्र्याउन व्यस्त छन् जुम्लाका किसान

काठमाडौं– जुम्लाको पातारासी गाउँपालिका लासीका किसान यतिबेला मकै भित्र्याउन व्यस्त

वसन्तपुरमा निकालियो लाखे, पुलुकुसी, हल्चोक आकाश भैरवको नाच (तस्बिरहरू)

काठमाडौं- इन्द्रजात्राको अवसरमा काठमाडौँको वसन्तपुरमा लाखे नाच, पुलुकिसी नाच र हल्चोक

इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृत्यु, ११५ बेपत्ता

जकार्ता– इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक जहाज डुब्दा मृत्यु हुनेको सङ्ख्या

बीपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

काठमाडौं– सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन