चेम्बरको टोली ‘बंगाल ट्रेड एशोसिएसन’ सम्मेलनमा सहभागी « Khabarhub

चेम्बरको टोली ‘बंगाल ट्रेड एशोसिएसन’ सम्मेलनमा सहभागी


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्शको औद्योगिक एंव व्यापारिक प्रतिनिधीमण्ड कन्फिडेरेशन अफ वेष्ट बंगाल ट्रेड एशोसिएसन, इष्टर्न इण्डिया ट्रेड समीटमा सहभागी भएको छ ।

भारतमा जारी सम्मेलनमा चेम्बरको ३८ सदस्यीय औद्योगिक तथा व्यापारिक प्रतिनिधिमण्डल सहभागिता जनाएको हो । नेपाल चेम्बरले सो संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेपछि नियमित रुपमा शिखर सम्मेलन, मेला/प्रर्दशनीमा सहभागिता जनाउँदै आएको छ । उद्यमी / व्यवसायीबीच आपसी सम्बन्ध वृद्धि, ज्ञानको अभिवृद्धि र वास्तविक रुपमा व्यवसाय गर्न सम्झौता गर्ने सम्मेलनका प्रमुख उद्देश्य रहेका छन् ।

दुई दिने जुलाईमा भएको सो शिखर सम्मलेन र मेलामा नेपाल चेम्बर सपोर्टिङ्ग पार्टनरको रुपमा सहभागी भएको हो । सम्मेलनमा सहभागि नेपाल चेम्बरका प्रतिनिधिले नेपाल र भारतबीचको व्यापार सहजीकरणका लागि व्यापार, कारोबार र आर्थिक वृद्धिमा थप परिमार्जन हुने अपेक्षा गरिएको छ ।

सो प्रतिनिधिमण्डलमा नगर, जिल्ला चेम्बर अफ कमर्शका पदाधिकारीहरु, उद्यमी व्यवशायीहरुको सहभागीता रहेको छ । सहभागी उद्यमीहरु कृषि, बैंक तथा वित्तिय, तयारी पोशाक, गरगहना, मिनिरल वाटर, उत्पादन क्षेत्रसँग सम्बद्ध रहेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ६ : ०७ बजे

कुवेतमा ड्रोन आक्रमणमा मारिने नेपाली तेह्रथुमका सोमकुमार तमाङ

काठमाडौं- कुवेतको उत्तरी क्षेत्रमा जुलाई ३० मा भएको ड्रोन आक्रमणमा

सिरहाको अवस्था सामान्य बन्दै, गोलबजार-लहान क्षेत्रमा कर्फ्यु अझै जारी (तस्बिरहरू)

काठमाडौं– सिरहाको गोलबजार क्षेत्रको अवस्था शुक्रवार बिहानदेखि अवस्था सामान्य बन्दै

मधेशका ११ केन्द्रमा सञ्चालित एमबीएस अन्तर्गत आजको परीक्षा स्थगित

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले मधेशमा केन्द्र रहेका व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको

निर्मल पुर्जाले लेखेका थिए, ‘ब्रोड पिक, सुरक्षित रूपमा माथि पुगेर फर्किन पाऊँ भन्नेबाहेक केही माग्दिनँ’

इस्लामाबाद (एएफपी)- पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको ब्रोड पिक हिमालमा हिमपहिरो

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

भद्रपुर–  मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा