प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीविरुद्ध उजुरी आह्वान | Khabarhub Khabarhub

प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीविरुद्ध उजुरी आह्वान


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस भएका कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिन आह्वान गरेको छ ।

समितिका ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर राणाको अध्यक्षमा आज सिंहदरबारमा बसेको बैठकले उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो । उजुरी दर्ता वा इमेलबाट पनि पठाउन सकिने जनाइएको छ । कायममुकायम प्रधान न्यायाधीश कार्कीविरुद्ध उजुरीका लागि १० दिनको समय दिइएको छ ।

गत वैशाख २५ गते संवैधानिक परिषदले उहाँलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।  प्रधानन्यायाधीशको पद करिब १५ महिनादेखि रिक्त छ । बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको पनि उपस्थिति थियो । 

बैठकले सुनुवाइ समिति कार्यविधिसमेत पारित गरेको छ ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ११ : ५५ बजे

दैलेखको महाबु गाउँपालिकाले १५ असारमा बिदा नदिने

सुर्खेत– कर्णाली प्रदेश सरकारले धान दिवसका अवसरमा १५ असारमा सार्वजनिक

लुम्बिनी प्रदेश अस्पताल अत्याधुनिक भवनको २५ प्रतिशत भौतिक प्रगति

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारका गौरवको आयोजनामध्येको लुम्बिनी प्रादेशिक अस्पतालको हालसम्म

सत्ता साझेदार एमालेसँग कुनै असमझदारी छैन : देउवा

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा एमालेसँग

परराष्ट्रमन्त्री आरजु राणा इटाली प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा यही ‘जुन

राजाजी डाँडाबाट सलहेस सर्किट : लहानको नयाँ पर्यटकीय सपना

सिरहा– लहान नगरपालिका–१६ मा अवस्थित राजाजी डाँडा अब केवल एउटा