काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नले काठमाडौँ जिल्ला अदालतमा आज पनि बयान दिइरहेका छन् ।
यस प्रकरणमा संलग्न तीन जनाले काठमाडौँ जिल्ला अदालतमा बयान दिइरहेका हुन् । आज इन्द्रजित राई, नरेन्द्र केसी र सन्देश शर्माले बयान दिइरहेका हुन् । यसअघि सोमबार गणतन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा भएकाले बयान हुन सकेको थिएन ।
यसअघि पाँच जनाले बयान दिइसकेका छन् । यस प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् ।
प्रतिक्रिया