बजेट कार्यान्वयनका हिसाबले प्रदेश अघिः मुख्यमन्त्री पोखरेल « Khabarhub

बजेट कार्यान्वयनका हिसाबले प्रदेश अघिः मुख्यमन्त्री पोखरेल


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बजेट कार्यान्वयनका हिसाबले आफ्नो प्रदेश अघि रहेको बताएका छन् ।

मंगलबार प्रदेश नं ५ को प्रदेशसभामा समसामयिक विषयमा उनले कालोपत्रेसँग सम्बन्धित आयोजनाको काम जेठ मसान्तसम्ममा नै टुङ्गिने गरी काम गरिने बताए । उनले भने, “जेठपछि गरेका काममा समस्या हुन्छ भन्ने कुरामा सचेत छौं, बजेट कार्यान्वयनमा प्रदेश नं ५ अन्य प्रदेशको तुलनामा अगाडि छ ।”

मुख्यमन्त्री पोखरेलले राप्तीको केही क्षेत्र डुबानमा परेको र खहरे खोलाका कारण यातायातमा समेत अवरोध उत्पन्न भएको जानकारी दिँदै प्रदेशसभालाई वर्षाका कारण आउनसक्ने सम्भावित खतरालाई ध्यान दिएर पूर्वतयारी र सर्तकता अपनाउन आवश्यक भएको बताए ।

त्यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे। सो प्रस्तावमा सैद्धान्तिक छलफल गर्दै प्रदेशसभाका सदस्य सुरेन्द्र हमालले पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा खेलकूदको विषय अपुरो रहेको टिप्पणी गरे ।

प्रदेशसभाका सदस्यद्वय दिनेश पन्थी र सरस्वती गौतमले कानूनमार्फत राम्रो काम गरेकालाई सम्मान गर्न खोजिएको बताए । प्रदेशसभाका सदस्यले उठाएको प्रश्नकोे जवाफ दिँदै मन्त्री केसीले योगदानमा आधारित भएर राम्रो कामकोे सम्मान गर्ने परिपाटीको विकास गर्न खोजिएको उल्लेख गरे ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ६ : २० बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको