बजेट कार्यान्वयनका हिसाबले प्रदेश अघिः मुख्यमन्त्री पोखरेल « Khabarhub

बजेट कार्यान्वयनका हिसाबले प्रदेश अघिः मुख्यमन्त्री पोखरेल


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बजेट कार्यान्वयनका हिसाबले आफ्नो प्रदेश अघि रहेको बताएका छन् ।

मंगलबार प्रदेश नं ५ को प्रदेशसभामा समसामयिक विषयमा उनले कालोपत्रेसँग सम्बन्धित आयोजनाको काम जेठ मसान्तसम्ममा नै टुङ्गिने गरी काम गरिने बताए । उनले भने, “जेठपछि गरेका काममा समस्या हुन्छ भन्ने कुरामा सचेत छौं, बजेट कार्यान्वयनमा प्रदेश नं ५ अन्य प्रदेशको तुलनामा अगाडि छ ।”

मुख्यमन्त्री पोखरेलले राप्तीको केही क्षेत्र डुबानमा परेको र खहरे खोलाका कारण यातायातमा समेत अवरोध उत्पन्न भएको जानकारी दिँदै प्रदेशसभालाई वर्षाका कारण आउनसक्ने सम्भावित खतरालाई ध्यान दिएर पूर्वतयारी र सर्तकता अपनाउन आवश्यक भएको बताए ।

त्यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे। सो प्रस्तावमा सैद्धान्तिक छलफल गर्दै प्रदेशसभाका सदस्य सुरेन्द्र हमालले पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा खेलकूदको विषय अपुरो रहेको टिप्पणी गरे ।

प्रदेशसभाका सदस्यद्वय दिनेश पन्थी र सरस्वती गौतमले कानूनमार्फत राम्रो काम गरेकालाई सम्मान गर्न खोजिएको बताए । प्रदेशसभाका सदस्यले उठाएको प्रश्नकोे जवाफ दिँदै मन्त्री केसीले योगदानमा आधारित भएर राम्रो कामकोे सम्मान गर्ने परिपाटीको विकास गर्न खोजिएको उल्लेख गरे ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ६ : २० बजे

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न- राष्ट्रलाई सम्बोधन कहिले ?

 काठमाडौं– जेन-जी अभियन्ता रक्षा बमले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्‌मा सम्बोधन गर्न आग्रह

ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

चितवन– जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका

दोस्रो आर्थिक गणना सुरु 

काठमाडौं– राष्ट्रिय आर्थिक गणना अन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलन कार्य देशैभर

अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइयो

महेन्द्रनगर– अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा यहाँस्थित सशस्त्र प्रहरी बल वैद्यनाथ

सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन

नवलपरासी– पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यालयले आजदेखि आफ्नै भवनबाट सेवा दिन