उत्तरी मेक्सिकोमा सुरक्षाकर्मीमाथि बन्दुकधारीको समूहले आक्रमण गर्दा १० जनाको मृत्यु « Khabarhub

उत्तरी मेक्सिकोमा सुरक्षाकर्मीमाथि बन्दुकधारीको समूहले आक्रमण गर्दा १० जनाको मृत्यु


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मेक्सिको सिटी- उत्तरी मेक्सिकोस्थित राजमार्गमा सुरक्षाकर्मीमाथि बन्दुकधारीको समूहले आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ ।

“सिभिल फोर्सका कर्मचारीलाई तीन वटा बख्तरबन्द ट्रकमा यात्रा गरिरहेका मानिसले गोली प्रहार गरेका थिए,” नुएभो लियोनका सार्वजनिक सुरक्षा सचिव गेरार्डो पालासियोसले फेसबुकमा लेखेका छन् ।

दोहोरो झडपमा आपराधिक समूहका १० जना मारिएका तथा सिभिल फोर्सका चार जना अधिकारीहरू घाइते भएका उनले जनाएका छन् । राजमार्गमा भएको उक्त आक्रमणमा लागूऔषध तस्करी गर्ने सङ्गठित अपराधमा संलग्न ग्याङको हात रहेको बताइएको छ ।

नुएभो लियोन र तामाउलिपास राज्यका राजमार्गमा नियमितजसो हिंसात्मक घटना हुँदै आएका छन् । सन् २००६ मा मेक्सिको सरकारले लागूऔषध विरोधी अभियान सुरु गरेयता तीन लाख ४० हजारभन्दा  बढी हत्या, करिब एक लाख जबरजस्ती बेपत्ता पारिका घटना भएका छन् ।

सरकारले यस्ता घटनामा सङ्गठित अपराधमा संलग्न ग्याङको हात रहेको बताउने गरेको छ ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ४ : ०४ बजे

खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने

काठमाडौं– नेपाल आयल निगमले उपभोक्तालाई अब खाना पकाउने ग्यास आधा सिलिन्डर

माइडियाले ल्यायो २ अत्याधुनिक एयर प्युरिफायर  

काठमाडौं– माइडियाले उच्च क्षमतायुक्त दुई आधुनिक एयर प्युरिफायरहरू केजे ५००जी-एफ११ र

ऐतिहासिक चुनावी सफलताका लागि रास्वपालाई भारतले दियो बधाई

नयाँदिल्ली- भारत सरकारले नेपालमा गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन

त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सम्पन्न 

चितवन– त्रिशूली नदीमा आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा

ऊर्जा सुरक्षामा चीनको कडाइ

एजेन्सी– मध्यपूर्वमा चर्किएको युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला