‘गणतन्त्र दिवस सांस्कृतिक साँझ’मा प्रधानमन्त्री प्रचण्ड « Khabarhub

‘गणतन्त्र दिवस सांस्कृतिक साँझ’मा प्रधानमन्त्री प्रचण्ड


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गणतन्त्र दिवस २०८० को उपलक्ष्यमा आज ‘गणतन्त्र दिवस सांस्कृतिक साँझ’को आयोजना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित सांस्कृतिक साँझमा नृत्य, कविता नाटक र गीत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुखहरु, उच्च पदस्थ कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा पर्यटनमन्त्री सुदन किरातीले गणतन्त्र प्राप्तिको निम्ति ज्यानको आहूति दिने सहिदलाई स्मरण गर्दै गणतन्त्रलाई सबै हिसाबले संस्थागत गर्नुपर्नेमा जोड दिए । गणतन्त्रलाई असफल बनाउन खोज्नेप्रति सचेत हुनुपर्ने उनको भनाइ थियो । उनले भ्रष्टाचार मुक्त गर्दै समृद्ध नेपाल निर्माण गर्ने वर्तमान सरकारको लक्ष्य रहेको पनि बताए।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ९ : ३७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै