मेक्सिकोमा लागू औषध तस्कर र सुरक्षाकर्मीबीच झडप, १० जना मारिए « Khabarhub

मेक्सिकोमा लागू औषध तस्कर र सुरक्षाकर्मीबीच झडप, १० जना मारिए


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मेक्सिकोमा लागू औषध तस्कर र सुरक्षाकर्मीबीच भएको गोली हानहानमा १० जनाको मृत्यु भएको छ । उत्तरी मेक्सिकोको सुरक्षाकर्मी माथि बन्दुकधारीको एक समूहले गोली प्रहार गरे पछि जवाफी कारबाही हुँदा १० जना मारिएका हुन् ।

मेक्सिको सिभिल फोर्सका सुरक्षाकर्मी सवार तीनवटा बख्तरबन्द ट्रकमा यात्रा गरिरहेका बेलामा अचानक बन्दुकधारी समुहले गोली प्रहार गरेका थिए । मेक्सिकोका सुरक्षा सचिव गेरार्डो पालासियोसका अनुसार त्यसपछि सुरु भएको दोहोरो झडपमा आपराधिक समूहका १० जना मारिएका हुन् । उनले दोहोरो झडपमा परी सिभिल फोर्सका चार जना सुरक्षाकर्मी घाइते भएको बताए ।

आक्रमण हिंसा प्रभावित क्षेत्र मानिने न्यूभो लियोन र तामाउलिपास राज्यका राजमार्गमा भएको हो । उक्त राजमार्गमा बेलाबेलामा अपहरण र लुटपाटका घटना हुने गरेको सुरक्षा सचिव पालासियोसले बताए ।

मेक्सिको सरकारले सन २००६ देखी लागू औषध विरोधी अभियान सुरु गरेयता मात्रै तीन लाख भन्दा बढी तस्करको हत्या भइसकेको छ । सो घटनामा पनि लागू औषध तस्करको सङ्गठित आपराधिक गिरोह हुन सक्ने मेक्सिको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो घटनाका बारेमा थप छानबिन भइरहेको छ । 

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ८ : ०५ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ