‘भेइकल ट्रयाकिङ सिष्टम’ तत्काल लागू नगर्न आग्रह | Khabarhub Khabarhub

‘भेइकल ट्रयाकिङ सिष्टम’ तत्काल लागू नगर्न आग्रह


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्रिय व्यवसायी महासंघले भेइकल ट्रयाकिङ सिस्टम तत्काल लागू नगर्न आग्रह गरेको छ ।

नयाँ आर्थिक वर्षको शुरुवातसँगै राजश्व अनुसन्धान विभागले शुरु गर्न लागेको भेइकल ट्रयाकिङ सिस्टम तत्कालै लागू गर्दा साना व्यवसायीहरु समस्यामा पर्ने भन्दै महासंघले तत्कालै यस्तो लागू नगर्न आग्रह गरेको हो ।

देशभित्र मालवस्तुको आन्तरिक ओसारपसारको निगरानी अब अनलाइन प्रणालीबाट गर्ने गरी राजश्व अनुसनधान विभागले उक्त सिष्टम साउन १ देखि लागू गर्ने घोषणा गरिसकेको छ । व्यवसायीहरु यतिबेला धेरैतिरबाट समस्यामा परेको बेला पुनः अर्को नीति ल्याएर अप्ठयारोमा पार्न नहुने मंगलबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘बैंकको ब्याजदर, महंगो घरभाडा, स्थानीय सरकारको विभिन्न शिर्षकका राजश्व लगायतका कारण व्यवसायीहरु त्यसै पनि समस्या छौं, अर्को महत्वपूर्ण कुरा मुलुक अझै पनि साक्षर हुन सकेको छैन, प्रविधिको प्रयोग भर्खरै बढ्दै गएको अवस्थामा प्रविधिबारे बुझ्न नै नपाई यो लागू हुनुहुँदैन भन्ने हाम्रो माग हो’ महासंघद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

नयाँ प्रविधि भएको र व्यवसायीहरुलाई बुझ्न समेत केहि समय लाग्ने हुँदा यसलाई एक वर्ष परीक्षणको रुपमा लागू गर्नुपर्ने महासंघका अध्यक्ष नरेश कटुवालले बताए ।  सरकारले ल्याएको नीति कार्यान्वयनमा महासंघ प्रतिवद्ध रहेको भन्दै तत्कालै अनिवार्य लागु गर्दा व्यवसायीहरुलाई समस्या हुने भएकाले एक वर्ष परीक्षणको रुपमा सञ्चालन हुनु पर्ने अध्यक्ष कटुवालले बताए ।

‘सरकारको नीति हो, हामीले यसलाई नराम्रो भन्न खोजेको कदापी होइनौं’ कटुवालले भने, ‘प्रविधिमा हामी धेरै पछाडी छौं, प्रविधिको पहुँचमा पुग्न अझै समय लाग्छ, यसकारण पनि अहिल्यै यो अनिवार्य लागू गर्नु हुँदैन ।’

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ७ : ५६ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित