राहुल गान्धी अमेरिकामा,  के हुनेछ भ्रमणमा?   | Khabarhub Khabarhub

राहुल गान्धी अमेरिकामा,  के हुनेछ भ्रमणमा?  


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय कांग्रेसका नेता राहुल गान्धी अमेरिकाको तीन सहरको भ्रमणका लागि सान फ्रान्सिस्को पुगेका छन्।

यस क्रममा उनले भारतीय समुदायका मानिसहरू र अमेरिकी सांसदहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ। राहुल गान्धीलाई एयरपोर्टमा इन्डियन ओभरसीज कंग्रेसका अध्यक्ष साम पित्रोडा र संगठनका अन्य सदस्यहरूले स्वागत गरेका थिए।

राहुलले सान फ्रान्सिस्कोको प्रतिष्ठित स्ट्यानफोर्ड विश्वविद्यालयका विद्यार्थीहरूसँग कुराकानी गर्ने सम्भावना रहेको छ। त्यसपछि उनले वासिङ्टनमा पत्रकार सम्मेलन गर्नुका साथै सांसद तथा संस्थासँग आबद्ध व्यक्तिसँग भेटघाट गर्नेछन्। कांग्रेस नेता गान्धीले आफ्नो एक हप्ता लामो अमेरिका भ्रमणको क्रममा भारतीय अमेरिकीहरूलाई सम्बोधन गर्ने र वाल स्ट्रीटका अधिकारीहरू र विश्वविद्यालयका विद्यार्थीहरूसँग कुराकानी गर्ने सम्भावना छ।

उनले जुन ४ मा न्युयोर्कमा सार्वजनिक कार्यक्रम गरेर आफ्नो भ्रमणको समापन गर्ने कार्यक्रम छ। वार्ता न्यूयोर्कको जाभिट्स सेन्टरमा हुनेछ। गान्धीको भ्रमण ‘साझा मूल्य र वास्तविक लोकतन्त्र’ को दृष्टिकोणलाई बढवा दिनको लागि भएको का‌ंग्रेसका नेताहरुले बताएका छन्।

गत आइतबार अमेरिका यात्राको लागि नयाँ सामान्य राहदानी जारी गरिएको थियो। कांग्रेसका पूर्व अध्यक्ष गान्धीले सांसदका रूपमा जारी गरेको कूटनीतिक राहदानी बुझाए पछि उनले सामान्य राहदानीका लागि निवेदन दिएका थिए।

गत महिना गान्धीलाई गुजरातको सुरतको अदालतले आपराधिक मानहानि मुद्दामा दोषी ठहर गरेपछि सांसदको रूपमा अयोग्य घोषित गरेको थियो। त्यसपछि राहुलले कूटनीतिक यात्रा कागजात फिर्ता गरेका थिए।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ९ : ४१ बजे

एयर इन्डिया दुर्घटनामा ताजा फोरेन्सिक प्रमाणले भन्यो– ‘चालक दल’ जिम्मेवार

काठमाडौं– एयर इन्डियाको विमान पाइलटले जानाजानी दुर्घटना गराएको हुन सक्ने

धवल शमशेरको चुनौती : लिङ्देको हैकमवाद स्वीकार्दिनँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले अध्यक्ष राजेन्द्र

मन्त्री गुप्ताको अडियो प्रकरण छानबिन गर्न रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणको

सुमनाको प्रश्न- मन्त्री गुप्ताको घुस काण्डमा भनिएका ‘बा’ को हुन् ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संघीय मामिला तथा

वर्षालाई फिल्म ‘माग्ने राजा’ हिट हुने आश

काठमाडौं – नायिका वर्षा सिवाकोटी अहिले फिल्ममा व्यस्त देखिन्छिन् ।