फिलिपिन्समा रेडियो पत्रकारको गोली हानेर हत्या « Khabarhub

फिलिपिन्समा रेडियो पत्रकारको गोली हानेर हत्या


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मनिला – फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ। पचास वर्षीय क्रेसेन्सियानो बुन्डुक्विनको आज हत्या भएको हो।

मध्य फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको कालापान शहरमा मोटरसाइकल सवार बन्दुकधारीले ५० बुन्डुक्विनलाई उनको घरबाहिर गोली हानेर हत्या गरेका प्रहरी कर्नेल सामुएल डेलोरिनोले एएफपीलाई बताएका छन्।

आक्रमणको प्रतिकार गर्दै पत्रकार बन्डुक्विनका छोराले बन्दुकधारीहरूलाई आफ्नो गाडीले ठक्कर दिएपछि आक्रमणकारीहरू मध्ये एक जनाको मृत्यु भएको छ। बाँकी आक्रमणकारी भने भाग्न सफल भएका छन्। उनीहरूको खोजी जारी रहेको कर्नेल डेलोरिनोले बताएका छन्।

गत जुनमा राष्ट्रपति फर्डिनान्ड मार्कोसले कार्यभार सम्हालेपछि मारिने बुन्डुक्विन तेस्रो पत्रकार हुन्। केही महिनाअघि रेडियो प्रसारक पर्सिभल माबासालाई मनिलास्थित उनको स्टुडियोतर्फ गइरहेका बेला गोली हानी मारिएको थियो।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  १ : ११ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा