काजाकिस्तानले इजरायलमा धार्मिक सम्मेलन आयोजना गर्दै « Khabarhub

काजाकिस्तानले इजरायलमा धार्मिक सम्मेलन आयोजना गर्दै


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

तेलअविव– काजाकिस्तान गणतन्त्रले आगामी साता पवित्र भूमि तेल अविवमा धार्मिक सम्मेलन गर्ने घोषणा गरेको छ । मध्य एसियाली देशका साथै विश्वका विभिन्न मुलुकका परम्परागत धर्मका नेताले सम्मेलनमा भाग लिनेछन् । 

काजाकिस्तानमा विगत दुई दशकदेखि प्रत्येक तीन वर्षमा आयोजना हुँदै आएको  अन्तरधार्मिक मञ्चको सम्मेलन यसपटक इजरायलमा आयोजना गर्ने निर्णय भएको हो । सम्मेलनमा इजरायलका प्रमुख रब्बीहरू, इजरायलका मुसलमान, ड्रुजबहाई समुदायका प्रतिनिधि, प्रमुख राजनीतिक र शैक्षिक अधिकारीसहित धेरै धार्मिक नेताले भाग लिने अपेक्षा गरिएको छ ।

इजरायल र साइप्रसका लागि काजाकिस्तानका राजदूत सतिबाल्डी बुर्साकोभका अनुसार काजाकस्तानको सिनेटका अध्यक्ष मौलेन असिमबाएभले सम्मेलनको प्रमुख वक्ताका रूपमा भागलिने तथा त्यसले विश्व शान्ति तथा वर्तमान चुनौतीको सामना गर्न एकताबद्ध हुन आह्वान गर्नेछ । 

विश्वभरका धार्मिक नेताहरूको सामूहिक प्रयासबाट विभिन्न राष्ट्र र समुदायबीचको मनोमालिन्य अन्त्य गर्न तथा आपसी विश्वास, सहकार्य र साझेदारीलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास  गरिएको छ । 

सन् १९९२ मा सोभियत सङ्घको पतनपछि स्वतन्त्र भएको मध्य एसियाली देश  काजाकिस्तानले इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको हो । सन् २०१६ मा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले काजाकिस्तानको भ्रमण गर्नुभएको थियो । पूर्वसोभियत गणतन्त्रमा इजरायली प्रधानमन्त्रीको त्यो पहिलो भ्रमण थियो । 

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ३ : ०३ बजे

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम– वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली सडकखण्ड