'प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस्' | Khabarhub Khabarhub

‘प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस्’


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

राजविराज– जनता समाजवादी पार्टी (जसपा)  नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकका नागरिकलाई नागरिकता दिनका लागि लड्नुपर्ने अवस्था सधैँका लागि समाधान हुने विश्वास व्यक्त गरेका छन् । सप्तरीको राजविराजमा नवनिर्मित नर्सिङ कलेज भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई विशेष धन्यवाद दिँदै मुलुकबाट नागरिकतासम्बन्धी समस्या हल हुने बताए ।

विगतमा पनि लामो सङ्घर्षपछि मात्रै यहाँका नागरिकले नागरिकता पाएको उल्लेख गर्दै उनले नागरिकता विधेयकमा पनि ठूलै सङ्घर्ष गर्नुपरेको उनले बताए। ‘मधेसमा देखिएका नागरिकतासम्बन्धी समस्या समाधानका निम्ति हामीले सडकदेखि सदनसम्म लामो समय सङ्घर्ष गर्दा पहिलो चरणमा २२ लाख र दोस्रो चरणमा नौ लाख नागरिकलाई नागरिकता दिलायौँ’, अध्यक्ष यादवले भने, ‘तर पनि थुप्रै नागरिकका सन्तान गैरनागरिक नै छन्, त्यसका लागि पनि ठूलै सङ्घर्ष गर्नुपर्‍यो’। 

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ५ : ३८ बजे

‘दसैँ तिहार, चेलीलाई उपहार’ अभियानमार्फत निःशुल्क यातायात सेवा

खोटाङ– जिल्लामा रहेर विभिन्न क्षेत्रमा क्रियाशील युवाको एक समूहले ‘दसैँ तिहार,

दसैँलाई लक्षित गरी टोलमा भत्ता वितरण

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई टोलमै पुगेर सामाजिक सुरक्षा

कुलमानले भने- विद्युतीय सवारीसाधन प्रवर्द्धनमा जोड दिऔँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले प्रदूषण नियन्त्रण र

गुन्डुमा एमाले सचिवालय बैठक (तस्बिरहरू)

काठमाडौं- नेकपा (एमाले) को सचिवालय बैठक भक्तपुरको गुन्डुमा सुरू भएको

चार दशकदेखि चङ्गा बेचिरहेका दीपेन्द्र (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा दीपेन्द्र कुमार रञ्जितकारले हरेक वर्ष दशैंमा चङ्गा बेच्दै