सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस विजयी | Khabarhub Khabarhub

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस विजयी


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले न्युरोड टिम (एनआरटी)लाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा पुलिसले न्युरोड टिम एनआरटीलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । 

पुलिसको जितमा मोसेस ग्याबह ट्वुमले निर्णायक गोल गरे । उनले खेलको ७५ औँ मिनेटमा गरेको एक गोल नै पुलिसको लागि निर्णायक गोल सावित भयो । त्यस जितसँगै पुलिसले २३ खेलमा ३४ अंक जोडेको छ । पुलिस अंक तालिकाको चौथो स्थानमा रहेको छ । समान खेल खेलेको एनआरटी २३ खेलमा २९ अंक जोडेर आठौँ स्थानमा रहेको छ । 

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ७ : ५९ बजे

आईपिएलका रिटेन खेलाडीमा बटलर अटाएनन्

नयाँ दिल्ली – इन्डियन प्रिमियर लिग आइपिएल (आइपिएल)का लागि खेलाडी

आजको मौसम : देशभर पश्चिमी वायुको प्रभाव 

काठमाडौं– देशभर पश्चिमी वायुको तथा पहाडी भू-भागमा स्थानीय वायुको आंशिक

तिहारमा फूल बेच्न भ्याइनभ्याई

वेदकोट– बारीमा फूल फुलेर पहेँलपुर छन् । कोही फूल टिप्दैछन्

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल कात्तिक १६ गते शुक्रबार सन्

स्पेनको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १५८ पुग्यो

म्याड्रिड – स्पेनमा आएको बाढीका कारण मर्नेको सङ्ख्या १५८ पुगेको