गण्डकीका खेलाडीको लगत संकलन गरिने « Khabarhub

गण्डकीका खेलाडीको लगत संकलन गरिने


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कास्की – प्रदेश खेलकुद परिषद्ले गण्डकीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीको लगत सङ्कलन गर्ने भएको छ। परिषद्ले हालसम्म राष्ट्रिय खेलकुद प्रतियोगितादेखि ओलम्पिकसम्म पुगेका खेलाडीको तथ्याङ्क जुटाउन लागेको हो।

परिषद्का सदस्यसचिव श्रीधर शर्माले प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिलाई जिल्ला तहमा रहेका खेलाडीको व्यक्तिगत विवरणसहितको लगत पठाउन परिपत्र गरिसकेको बताए।

“प्रतियोगितामा पाएको पदकसहित खेलाडीको विवरण सङ्कलन गर्दैछौँ, आउँदो असारभित्र सबै राष्ट्रिय खेलाडीको तथ्याङ्क तयार हुन्छ”, उनले भने, “खेलाडी भनेको हाम्रो सम्पत्ति हो, सम्मानका लागि पनि खेलाडीको नाम र योगदानलाई लिपिबद्ध गर्नुपर्छ।”

सदस्यसचिव शर्माले प्रदेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका खेलाडी कति छन् भन्ने यकिन तथ्याङ्क अहिलेसम्म नरहेको उल्लेख गरेका छन्। खेलाडीको लगत लिँदा प्रदेशमा कुन खेलको अवस्था र सम्भावना कस्तो छ भनेरसमेत थाहा पाउन सकिने परिषद्ले जनाएको छ। गण्डकी प्रदेशमा विश्व खेलकुदको महाकूम्भ ओलम्पिकसम्म भाग लिएका खेलाडी छन्।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ९ : ५५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्