बजेटले समृद्धिको मूल लक्ष्यलाई जोड्नुपर्छ : पूर्वउपाध्यक्ष कँडेल « Khabarhub

बजेटले समृद्धिको मूल लक्ष्यलाई जोड्नुपर्छ : पूर्वउपाध्यक्ष कँडेल


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा पुष्पराज कँडेलले बजेटमा अर्थतन्त्रको स्थितिलाई सम्बोधन गर्ने प्रयास गरिएको बताएका छन्।

अर्थमन्त्री डा प्रकाशशरण महतबाट सङ्घीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटबारे सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै डा. कँडेलले उक्त बजेट विकासको मूल ‘ओरियन्टेसन’ मा गाँसिन र पुँजीगत खर्च वृद्धिमा ध्यान दिन असमर्थ रहने हो कि भन्ने चिन्ता व्यक्त गरेका हुन्। रु तीन खर्ब दुई अर्बको पुँजीगत रकममा त्योभन्दा बढी ऋण रहेको स्थितिमा विकासको गन्तव्य र राजस्वका लक्ष्य हासिल गर्नु चुनौतीपूर्ण रहेको उनको भनाइ थियो।

“ठेक्का प्रणालीमा सुधार ल्याउन कात्तिकभित्र ठेक्का लगाइसक्ने समयसीमा प्रस्ताव सकारात्मक हो तर यसको कार्यान्वयन हुने सम्भावना छैन। अर्कोतिर विगतमा प्रयोग गरेर असफल भइसकेको संसदीय पूर्वाधार कोषलाई ब्युँताइएको छ”, नेकपा (एमाले) को केन्द्रीय लेखा आयोगका अध्यक्ष डा कँडेलले भने, “यो कोषको प्रस्ताव सांसदहरुको चुनावी खर्च उठाउने मेलो मात्रै हो। आयातमुखी राजस्व प्रणालीलाई धान्न यस्ता कार्यक्रम उचित हुँदैनन्।”

उनले स्थानीय सरकार सङ्घीयता र समृद्धिको खम्बा भएकाले यसलाई ठीक तरिकाले हिँडाउन सक्नुपर्ने सुझाव दिँदै साधन र स्रोतको उपयोगमा क्षमता विकास गराउन जोड दिए। उनले हालै ‘स्थानीय सरकारमा शुद्धता : राजनीतिक दलका प्रतिबद्धता’ विषयमा अनुसन्धानमा आधारित पुस्तक प्रकाशन गरेका छन्।

सो अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का महासचिव लक्ष्मण शर्माले प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहले श्रमिकको सूचीकरणलाई प्राथमिकता दिनुपर्ने बताए।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  १२ : २३ बजे

सुदूरपश्चिम रोयल्समा न्युजिल्याण्डका स्कट कुगेलेइन अनुबन्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

रास्वपा सांसदकै आक्रोश : मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर, जनतालाई अस्पतालमा छैनन् डक्टर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारशमणि गेलालले भौतिक मन्त्री सुनिल

पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा बहस सकियो, फैसलाको प्रतिक्षा

काठमाडौं– पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा

विधेयकमा ‘वेश्यावृत्ति’ शब्द राखिएकामा सांसद अधिकारीको आपत्ति

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् लिमा अधिकारी

काभ्रे जीप दुर्घटना : मृतकको पहिचान खुल्यो, घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो

काभ्रेपलाञ्चोक– खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा मृत्यु भएका