बिरामीलाई सहज रुपमा उपचार गर्ने व्यवस्था मिलाउन निर्देशन « Khabarhub

बिरामीलाई सहज रुपमा उपचार गर्ने व्यवस्था मिलाउन निर्देशन


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले बिरामीलाई सहज रुपमा उपचार गर्ने व्यवस्था मिलाउन विभिन्न अस्पताललाई निर्देशन दिएका छन् ।

शुक्रबार काठमाडौंको गंगालाल अस्पताल र मेडिकेयर अस्पतालको अनुगमन गर्दै मन्त्री बस्नेतले सहज रुपमा उपचार गर्नका गर्ने वातावरण बनाउन निर्देशन दिए । उनले गंगालाल अस्पतालमा रहेका उपकरणहरूको प्रयोग, बिरामीलाई दिइने सुविधा र उपचारको व्यवस्थाका बारेमा जानकारी लिएका थिए भने उपचारका लागि आएका बिरामीहरूसँग पनि कुराकानी गरेका थिए । 

उनले यसअघि दिएको निर्देशन अनुसार अस्पतालको सेवाको सुधार देखिएको बताए । विभिन्न अस्पतालहरूमा गुणस्तरीय सेवा नभएको गुनासोलाई अन्त्य गर्ने लक्ष्यका साथ मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको उनले बताए ।

मन्त्री बस्नेतले सरकारी र निजी अस्पतालको उपचारको सेवा शुल्कमा एकरूपता ल्याउन पहल गरिने बताए ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ३ : ३४ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा