पाकिस्तानद्वारा थप २ सय भारतीय माझी रिहा « Khabarhub

पाकिस्तानद्वारा थप २ सय भारतीय माझी रिहा


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानले आज थप दुई सय भारतीय माझीलाई रिहा गरेको छ । आजै तीन जना अन्य बन्दी पनि पाकिस्तानको जेलबाट मुक्त भएका छन् । गत महिना पाकिस्तानले एक सय ९८ भारतीय माझीलाई रिहा गरेको  थियो ।

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले मानवताका नाताले भारतीय माझीलाई कारबासमुक्त गरिएको बताउँदै मानवीय विषयलाई पाकिस्तानले  राजनीतिक आवरण नदिने नीति अङ्गीकार गरेको जनाएका छन् ।

पाकिस्तान इन्डिया पिपुल्स फोरम फर पिस एन्ड डेमोक्रेसीका पूर्वमहासचिव जतिन देसाईका अनुसार कराँचीको मालिर जेलबाट कैदीहरूलाई रिहा गरिएको हो ।

गत मे १५  मा लान्डी जेलबाट रिहा भएका एक सय ९८ भारतीय माझी वाघा सीमा पार गरेर गुजरात पुगेका थिए । पाकिस्तानी सुरक्षा निकायहरूले समुद्रमा पक्राउ गरेका छ सय ५४ जना माझीमध्ये छ सय ३१ जनाले यस वर्षको अप्रिलसम्म जेल सजाय पूरा गरिसकेका  र उनीहरूको राष्ट्रियता पनि प्रमाणित भइसकेको छ ।

यसअघि पाकिस्तानले आफ्नो जेलमा रहेका छ सय ५४ मध्ये चार सय ९९ लाई रिहा गर्ने निर्णय गरेको थियो । अरब सागरमा अन्तर्राष्ट्रिय समुद्री सीमा रेखा (आईएमबीएल) लाई लिएर भारत र पाकिस्तानबीच मतभेद छ ।

पाकिस्तानको सामुद्रिक सुरक्षा निकायले आफ्नो क्षेत्रीय जलक्षेत्रको उल्लङ्घन गरेको आरोपमा हरेक वर्ष केही सय भारतीय माझीलाई पक्राउ गर्छ भने त्यसको बदलामा  भारतीय निकायहरूले पनि प्रत्येक वर्ष पाकिस्तानी माझीलाई आईएमबिएल पार गरेको आरोपमा गिरफ्तार गर्दै आएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ५ : ११ बजे

बोन्डीबीच गोलीकाण्डका आरोपी अदालतमा

एजेन्सी– अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आयोजित यहूदी पर्वका क्रममा भएको

जेन-जी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

झापा– जेन-जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक

फेरि पनि व्यवस्था विरोधी प्रचार गरेर मत माग्दै उम्मेदवारहरू

काठमाडौं– विशेषगरी राजनीतिक दलका नेतृत्वले राज्यलाई सुशासनमुखी ढंगले सञ्चालन नगरेको

गाजाका लागि पाँच अर्ब डलर सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नव गठित शान्ति बोर्डले गाजाका

विदेश बस्ने नेपालीको भावनामा खेल्दै रास्वपा : बलिया देशमा समेत नरहेको अनलाइन मतदानको आश्वासन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विश्वमा अस्तित्वमा रहेका दुई सय