श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत : आईएमएफ | Khabarhub Khabarhub

श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत : आईएमएफ


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सम्भावित सङ्केत देखिएको उल्लेख गरेको छ ।

आईएमएफका उपप्रबन्ध निर्देशक केन्जी ओकामुराले श्रीलङ्काको भ्रमणपछि जारी गरेको वक्तव्यमा भनिएको छ, “आर्थिक पुनरुत्थान चुनौतीपूर्ण रहेको छ र सरकार र श्रीलङ्काका जनता दुवैको बलियो स्वामित्वमा सुधारको गतिलाई निरन्तरता दिन आवश्यक छ ।”

आईएमएफले समष्टिगत आर्थिक स्थायित्व हासिल गर्ने, ऋण स्थायित्व कायम गर्ने, वित्तीय स्थायित्वको रक्षा गर्ने, सुशासनलाई सुदृढ बनाउने र कमजोर वर्गको संरक्षण गर्ने महत्वकांक्षी आर्थिक कार्यक्रम कार्यान्वयन गर्ने श्रीलङ्काको दृढ प्रतिबद्धतालाई स्वागत गरेको ओकामुराले बताए ।

उनले वर्तमान आर्थिक सङ्कटको उत्पत्ति बाह्य झट्काका कारण बढेको नीतिगत गलत कदमबाट भएको बताए ।

भ्रमणका क्रममा उनले समष्टिगत आर्थिक स्थायित्वका लागि वित्तीय उपायहरू, विशेष गरी राजस्व सङ्कलनका उपायहरूको महत्वबारे अधिकारीहरूसँग छलफल गरेका थिए ।

“समयमै र पारदर्शी तरिकाले ऋण रणनीतिमा वार्ता गर्ने अधिकारीहरूको प्रतिबद्धताबाट म उत्साहित भएँ । ऋणदाताहरूसँगको निरन्तर खुला संवादले कार्यक्रम लक्ष्यहरू अनुरूप ऋण स्थिरता पुनःस्थापना गर्न र पुनर्संरचना सम्झौताहरूमा पुग्न मद्दत गर्नेछ,” उनले भने ।

ओकामुराले भने, “श्रीलङ्का आर्थिक सङ्कटबाट गुज्रिरहेको छ, यस संकटबाट असमान रूपमा प्रभावित भएका गरिब र अति जोखिममा रहेकाहरूलाई संरक्षण गर्नु अत्यावश्यक छ ।”

यसै वर्षको मार्चमा आईएमएफले श्रीलङ्काको आर्थिक नीति र सुधारलाई सहयोग गर्न करिब तीन अर्ब अमेरिकी डलरको विस्तारित कोष सुविधा अन्तर्गत ४८ महिनाको विस्तारित ऋण व्यवस्थालाई अनुमोदन गरेको थियो ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ६ : १८ बजे

फागुन २१ मै निर्वाचन : के भन्छन् दलका नेताहरू ?

काठमाडौं– राजनीतिक दलका नेताहरूले ‘जेन-जी’ आन्दोलनका क्रममा लुटपाट भएका सुरक्षाकर्मीका

सानेपामा तरुण दलको चियापान (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले ७३ औं

कार्यवाह सभापति खड्का भन्छन् : प्रतिनिधिसभा असंवैधानिक तरिकाले विघटन गरियो

पाटन– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तरुणहरूलाई जुझारु भएर

रुसी क्षेप्यास्त्र परीक्षण ‘उचित कदम होइन’ : ट्रम्प

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्ना रुसी समकक्षी

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले पाँच वर्षदेखि च्याउखेती