ओडिशामा रेल दुर्घटना हुँदा २३३ यात्रुको मृत्यु, ९०० बढी घाइते « Khabarhub

ओडिशामा रेल दुर्घटना हुँदा २३३ यात्रुको मृत्यु, ९०० बढी घाइते


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको ओडिशामा रेल दुर्घटना हुँदा २२३ यात्रुको मृत्यु भएको छ ।

कोरोमण्डल एक्सप्रेस रेल दुर्घटना हुँदा ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दीले जनाएको छ ।

चेन्नईबाट हावडा जाँदै गरेको कोरोमण्डल एक्सप्रेस पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै मालगाडीसँग ठोक्किएको हो।

घटनाबारे जानकारी लिन भारतका रेलमन्त्री अश्विनी वैष्णव आफैं दुर्घटनास्थल पुगेका छन् ।

उनले ट्वीटमार्फत दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

उनकाअनुसार गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिइने छ।

ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले आज एक दिने राज्यभर शोकको घोषणा गरेका छन् ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ८ : २८ बजे

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स