उडिसा रेल दुर्घटनाको छानबिन हुने, गोवा–मुम्बई रेल उद्घाटन स्थगित « Khabarhub

उडिसा रेल दुर्घटनाको छानबिन हुने, गोवा–मुम्बई रेल उद्घाटन स्थगित


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – ओडिशाको बालासोर जिल्लामा शुक्रबार साँझ भएको दर्दनाक रेल दुर्घटनाको छानबिन हुने भएको छ।

दक्षिण पूर्वी क्षेत्रका रेलवे सुरक्षा आयुक्त (सीआरएस) एएम चौधरीले यो रेल दुर्घटनाको अनुसन्धान गर्ने जनाएका हुन्।

दुर्घटनामा परी अहिलेसम्म २३३ यात्रुको मृत्यु भइसकेको छ भने ९ सयभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ।

दुर्घटनामा घाइतेहरुलाई उपचारका लागि गोपालपुर, कान्तपाडा, बालासोर, भद्रक र सोरोका अस्पतालमा भर्ना गरिएको छ।

हाल राहत तथा उद्धार कार्य जारी रहेको छ। पटरीबाट खसेको डिब्बामा कैयौं यात्रु फसेका थिए। स्थानीयले आकस्मिक सेवाका कर्मचारीलाई उद्धारमा सघाएका थिए।

यो रेल दुर्घटनाका कारण यस रुटबाट चल्ने करिब ९२ अन्य ट्रेनहरू प्रभावित भएका छन्। ४३ ट्रेनको सवारी रोकिएको छ। एकै समयमा ३८ ट्रेनहरूको रुट डाइभर्सन गरिएको थियो। जबकि ९ ट्रेनहरू बन्द गरिएको छ। यस बाहेक एउटा ट्रेनको समय तालिका परिवर्तन गरिएको थियो।

दुर्घटनाका कारण आज बिहानको लागि तय गरिएको मुम्बई–गोवा वन्दे भारत एक्सप्रेसको उद्घाटन समारोह रद्द गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान १० बजे ट्रेनलाई झन्डा हल्लाएर उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ९ : २१ बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध