उडिसा रेल दुर्घटनाबारे मोदीले लिए मन्त्रीसँग जानकारी « Khabarhub

उडिसा रेल दुर्घटनाबारे मोदीले लिए मन्त्रीसँग जानकारी


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उडिसा रेल दुर्घटनाप्रति दुख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले यो दुर्घटनाबाट आफू दुखी भएको बताउँदै रेल मन्त्री अश्विनी वैष्णवसँग पछिल्लो अवस्थाको बारेमा जानकारी लिएको बताएका छन्।

‘म ओडिशामा भएको रेल दुर्घटनाबाट दुखी छु। दुखको यस घडीमा शोक सन्तप्त परिवारसँग मेरो समवेदना छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना।’ मोदीले लेखेका छन्।

दुर्घटना स्थलमा उद्धार कार्य जारी रहेको  र पीडितहरूलाई सम्भावित सबै सहयोग गरिने पनि उनले उल्लेख गरेका छन्।

यसअघि नै रेल मन्त्री वैष्णवले ओडिशा रेल दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिको परिवारलाई १० लाख रुपैयाँ, गम्भीर घाइतेलाई २ लाख रुपैयाँ र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरिसकेका छन्।

ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले रेल दुर्घटनापछि राज्य दिवस मनाउने कार्यक्रम रद्द गर्दै एक दिने राजकीय शोकको घोषणा गरेका छन्।

रेल दुर्घटनाको विषयमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आज ओडिशाको भ्रमण गर्न लागेकी छन्।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ९ : २४ बजे

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको