कलाकार विक्रम बिसीको ‘घुमाउरो कर्णाली’ झ्याउरे गीत आउँदै « Khabarhub

कलाकार विक्रम बिसीको ‘घुमाउरो कर्णाली’ झ्याउरे गीत आउँदै


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०५२ सालमा रेडियो नेपालमा भ्वाइस टेस्ट पास गरेका कलाकार विक्रम बिसीले करिब दुई दशकपछि सांगीतिक क्षेत्रमा सक्रिय भएका छन्। 

यसैसाता ‘अछाम जिल्ला तेरा मेरा’ गीत सार्वजनिक गरेका बीसी अहिले झ्याउरे लोक गीत ‘घुमाउरो घुमाउरो कर्णाली’ को निर्माणमा व्यस्त रहेका छन्। यो गीतमा बालबालिका, युवा र बृद्धबृद्धासम्मको संयुक्त नृत्य देख्न सकिने बिसीको भनाइ छ।

०५० को दशकमा पारिवारिकलगायतका कारणले गीत संगीतमा सक्रिय रहन नसकेका बीसी कोरोनाकालपछि सांगीतिक यात्रालाई व्यावसायिक बनाउनतर्फ लागेका छन्। 

सुर्खेत पन्चपुरीमा उच्च शिक्षा हासिल गरेका बिसीले ०४९ सालमा अछाम फर्केर शिक्षण पेसा अंगालेका थिए।  शिक्षण पेसा छोडेर ०५० सालमा काठमाडौँ आएका उनी ०५२ सालमा रेडियो नेपालबाट भ्वाइस टेस्ट पास भए। त्यसपछि गीतसंगीतमै रमाएका उनले ०७० सालमा रेडियो नेपालबाट (क) श्रेणीको मान्यता पाएका थिए।

करिब दुई दशकको सांगीतिक विश्रामपछि अहिले बिसी टिपिकल गीत नेपाली सांगीतिक क्षेत्रमा पस्कने लक्ष्यका साथ खटिएका छन् ।

आफ्नै नाममा युट्युब च्यानल खोलेर गीत बजारमा पठाएका उनी अहिले भएको प्रविधिको विकास र सांगीतिक क्षेत्रको तीव्रतालाई आत्मसाथ गर्दै अघि बढेका हुन । उनी आफ्नै शब्द संकलन रहेको देउडा गीत ‘अछाम जिल्ला तेरा मेरा’ लाई छोटो समयमै युट्युबमार्फत दर्शक श्रोताको राम्रै माया पाएपछि हौसिएका हुन्। 

आशिष् अविरलको एरेन्ज रहेको उक्त गीत तीन दिनमा ४ हजार बढीले हेरेका छन् । जसमा गायक बिसीलाई गायिका सुनिता बूढा क्षेत्रीले साथ दिएकी छन्।  

विक्रम चौहान र जुना कार्कीको मुख्य अभिनय रहेको गीतमा सुदूरपश्चिमको अछाम जिल्ला र हालको कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतका परिवेशको बयान गरिएको छ। आफ्नो जन्मस्थल अछाममा बितेको बाल्यकाल र सुर्खेतका हुर्किएको आफ्नो अनुभवलाई गीतमा संयोजन गर्ने प्रयास गरिएको सर्जक बिसीले बताए।

गीतमार्फत सुदूरपश्चिमको भाषा, संस्कृति र भेष भूषालाई पस्किने प्रयास गरिएको छ । देउडा गीत पछि मध्यपश्चिमको झ्याउरे गीतको तयारी गरिएको छ। 

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ३ : ३८ बजे

नेप्से परिसूचक ११ अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

खोरेतको खोप गोठगोठमै खोप

झापा– गाईभैँसीमा खोरेतको सङ्क्रमण बढेसँगै  जिल्लाका १५ वटै पालिकाका किसानले

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

काठमाडौं– जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा

एक वर्षमै २ हजार ४९० करोड भारूले घट्यो शाहरुखको सम्पत्ति

काठमाडौं– बलिउडका ‘किङ’ शाहरुख खानको अनुमानित सम्पत्तिमा ठूलो गिरावट आएको

बहुगुणी कन्दमूल ओलबाट प्रशस्त आम्दानी

सर्लाही– सर्लाहीको बरहथवा क्षेत्रका किसानले बहुगुणी कन्दमूल ओलखेतीबाटै पनि मनग्य