रास्वपा मध्यपुर थिमिको सभापतिमा मानन्धर « Khabarhub

रास्वपा मध्यपुर थिमिको सभापतिमा मानन्धर


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– राष्ट्रिय स्वतन्त्र पार्टी मध्यपुर थिमी नगर भेलाले कार्यसमिति चयन गरेको छ ।

समितिको सभापतिमा न्हुछेंकाजी मानन्धर निर्वाचित भएका छन् ।  शनिबार मध्यपुर थिमीमा भएको नगर भेलाबाट मानन्धरको सभापतित्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

नगर समितिको उपाध्यक्षमा स्मृति भटटराई, सचिवमा मुशरी नेपाल र कोषाध्यक्षमा समिर पौडेल निर्वाचित भएका छन् । सदस्यहरूमा गुन्जना ढुंगाना, आराधना बर्मा, अमित दाहाल, सुवास कोइराला, शैलेस जोशी, नरेशराज बुद्धचार्य, श्याम जोशी, अश्विन खनाल र उषा प्रजाति चुनिएका छन् । 

यसअघि भेलाको उद्घाटन पार्टीका उपनेता विराजभक्त श्रेष्ठले गरेका थिए । सो भेलामा पार्टी संसदीय सचेतक सन्तोष परियार, जिल्ला सभापति रामेश्वर बस्नेतलगायतले समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा राखेका थिए । 

पार्टीको हालसम्म जिल्ला समिति, चाँगुनारायण र सूर्यविनायक नगरसमित र अहिले मध्यपुर नगर समिति गठन भएको हो । अब भक्तपुर नगरपालिका नगर समिति मात्रै गठन गर्न बाँकी छ । यसको लागि पनि तयारी भइरहेको पार्टीले जनाएको छ । 

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ४ : १० बजे

आज २०८३ साल साउन २६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २६ गते मंगलबार सन् २०२६

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार